शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको संघर्ष र बलिदानले लोकतान्त्रिक परिपाटी निर्माण सम्भवः मुख्यमन्त्री पोख्रेल

बुधबार, ०३ असोज २०७५, १२ : ३८
बुधबार, ०३ असोज २०७५

बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । संविधान दिवसमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले यस ऐतिहासिक अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञातअज्ञात अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । 

उनले आन्दोलनका क्रममा भएका घाइते र बेपत्ता योद्धाप्रति हार्दिक सम्मान व्यक्त गर्दै नेपाली जनताको लामो सङ्घर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको सन्देशमा उल्लेख गरेका छन् ।

यसैगरी, प्रदेश ५ का प्रमुख उमाकान्त झाले चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आजको दिनमा जनताले सुशासनको अनुभूति गरी राष्ट्रिय एकता अझ बलियो भएर समृद्ध प्रदेश सुखी नेपालीको अवधारणा सार्थक हुने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा उनले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको आन्दोलनमा ज्यान उत्सर्ग गरेका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप