बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले थप्यो तेश्रो एटीआर–७२–५०० विमान,  भद्रपुर र पोखरामा थपसेवा प्रदान गर्ने

बुधबार, ०३ असोज २०७५, १२ : ०२
बुधबार, ०३ असोज २०७५

काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा एयरलाइन्सको तेश्रो एटीआर–७२–५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । रजिष्ट्रेसन नं. ९एन–एएलएन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको छ ।

उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं अवतरण गरेको हो । उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।

एटीआर–७२–५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर–७२–५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ । 

एटीआर–७२–५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । यो एटीआर–७२–५०० विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेड बाट खरिद गरीएको हो र यो नेपालमा एटीआर–७२ बिमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ ।

यो विमान थपिंदा यति एयरलाइन्सले एटीआर–७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ साथै यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्राउने लक्ष्यलाई सहयोग गर्ने अपेक्षा एयरलाइन्सको छ । 

१९९८ मा सेवाको थालनी गरेको यति एयरलाइन्सले हाल ३ वटा यति एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ रहेको छ । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसंग २ वटा डरनियर डीओ–२२८, २ वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप