बालुवा तस्करी गर्न प्रहरीलाई घुस : सानोठिमी प्रभागका इन्चार्ज अख्तियारको फन्दामा
काठमाडौं– महानगरीय प्रहरी प्रभाग सानोठिमीका इन्चार्ज (सई) ज्योती विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
प्रहरी नायव निरीक्षक (सई) विष्टलाई मंगलबार अनुसन्धानको लागि नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सह–सचिव रामेश्वर दंगालले जानकारी दिए ।
आयोगले गत शनिवार काठमाडौंको काँडाघारी र कोटेश्वरमा अप्रेशन गरेर ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । अख्तियारको अप्रेशनका क्रममा सानोठिमी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुवास ढुंगाना र अर्का एक जवान समेत पक्राउ परेका थिए ।
‘स्टिङ अप्रेशनको क्रममा रंगेहात पक्राउ परेका प्रहरी–कर्मचारीको बयानका आधारमा सई बिष्टलाई नियन्त्रणमा लिइएइको हो’ अख्तियार प्रवक्ता दंगालले भने, ‘पक्राउ परेकाहरुलाई आयोगको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’
मनोहरा खोलाको बालुवा निकासीका लागि बालुवा बेचविखन गर्ने ब्यवसायीलाई डर, त्रास देखाएर १ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारले रंगेहात ९ जना प्रहरीलाई पक्राउ गरेपछि कोटेश्वर, काँडाघारी र सानोठिमी प्रभागको सेट नै परिवर्तन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण