शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यती एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

बुधबार, ०३ असोज २०७५, ११ : ३४
बुधबार, ०३ असोज २०७५

काठमाडौं–यती एयरलाइन्सले मंगलबार  एटीआर–७२–५००  जहाज भित्र्याएको छ । जसको नेपाली रजिष्ट्रेसन नम्बर ९एन–एएलएन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको छ । उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौंमा अवतरण गरेको एयरलाइन्सले जनाएको छ । 

विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए । 

नयाँ जहाज फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर–७२–५००  संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ ।

एटीआर–७२–५००  विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । 

विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेड बाट खरिद गरीएको र यो नेपालमा एटीआर ७२ बिमान खण्डमा सबैभन्दा नयाँ विमान हुने कम्पनीले जनाएको छ । 

 यो विमान थपिंदा यति एयरलाइन्सले एटीआर ७२  को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्ने जनाएको छ । 

यति एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यति एयरलाइन्ससंग ३ वटा एटीआर–७२–५००  र ६ वटा बीएई एष्टस्ट्रीम ४१ रहेको छ । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसंग २ वटा  डोसर्नयर डीओ–२२८, २ वटा ट्वीनटर र २ वटा ट्वीनअटर भाइकिङ ४००  सिरिज छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप