शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् संविधान दिवसको उत्सव

बुधबार, ०३ असोज २०७५, ११ : १८
बुधबार, ०३ असोज २०७५

काठमाडौं । नेपालको संविधान जारी भएको वार्षिकोत्सवका अवसरमा बुधबार सैनिक मञ्च टुंडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । 

कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । 

कार्यक्रममा मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता सहभागी थिए। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।

आजको कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो भने नेपाली सेनाले विशेष प्रस्तुती दिनुका साथै आकाशबाट पुष्प वर्षा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप