मलेसियामा विषाक्त मदिरा प्रकरण : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ६ नेपालीको मृत्यु भएको पुष्टी
काठमाडौँ । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीमध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ ।
यसअघि दूतावासस्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ ।
विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुरक्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ ।
विभिन्न पसलमा सिलबन्दी
यसैबीच मलेसिया प्रहरीले कालाङ उपत्यकाका विभिन्न मदिरा पसलमा शिलबन्दी गरेको छ । खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै केही पसलबाट मदिरा जफत गरी सिलबन्दी गरिएको मलेसियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् ।
मदिरा नपिउन सरकारको अपिल
यसैबीच मलेसियाको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि उक्त क्षेत्रको मदिरा नपिउन सर्वसाधरणलाई आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानमा यस्ता कम गुणस्तरका मदिरामा मिथानोलको मात्रा बढी भेटिएको र यसले स्वास्थ्यमा गम्भिर असर गरेको पाइएको छ ।
५१ जना बिरामी, १४ को अवस्था अझै गम्भीर
मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ ।
क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६ नेपालीसहित १९ जनाको मृत्यु भइसकेको र १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । अन्य बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ । मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन ।
अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए ।
अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ ।
यस विषयलाई समेटेर मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार खरेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण