बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन युवती दुई सातादेखि बेपत्ता

बुधबार, ०३ असोज २०७५, ०९ : ४४
बुधबार, ०३ असोज २०७५

बेत्रावती — नुवाकोटको तादी गाँउपालिका–१ उर्लेनी काल्चेका तीन युवती दुई सातादेखि हराइरहेका छन् । गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको भन्दै परिवारले खोजी गर्न प्रहरीसमक्ष सहयोग मागेका छन् । 

काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनको फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ जात्रामा गएपछि सम्पर्कमा नआएको शर्मिलाको बुबा सोम्बरबहादुर तामाङले बताए ।

गाउँबाट बाहिर नजाने उनीहरु कहाँ गएका हुन् भन्ने केही जानकारी नआएकाले दलालले ललाइफकाइ भारततर्फ बेचबिखनमा लगेको हुनसक्ने भन्दै परिवारले दिएको सूचनाको आधारमा प्रहरीले सीमाक्षेत्रमा खोजी तीव्र बनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरको अनुसार हराएकामध्ये दुईको मोबाइल ‘लोकेशन’ भारतीय सीमाक्षेत्रसम्म पुगेको देखिएकाले खोजीको लागि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप