शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समुन्द्रपारी ज्ञानेन्द्र शाहको महत्वपुर्ण भेटवार्ता

बुधबार, ०३ असोज २०७५, ०९ : १५
बुधबार, ०३ असोज २०७५

सपरिवार बैंकततर्फ प्रस्थान गर्नुभएको पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र आगामी शुक्रबार असोज ५ गते श्रीलङ्का जानुहुने भएको छ । 

आफ्नी बडामहारानी, बुहारी, नाति तथा सहयोगीहरु लिएर बैंकक जनुभएका उहाँे त्यहीँ अध्ययन गरिरहेका नातिनीहरुसँग धेरै समय बिताउनु भएको बुझिएको छ । 

तर, श्रीलङ्कामा भने पुर्व श्री ५ का महत्वपुुर्ण भेटवार्ताहरु हुने सम्बद्ध समाचार सुत्रहरुले जनाएका छन् । 

करिब दुई साता श्रीलंकामा रहँदा केही मुलुकका उच्चाअिधकारीहरुसँग राजको महत्वपुर्ण भेटवार्ता हुने बताईएको छ । 

श्रीलङ्काबाट उहाँ केही दिनको लागि माल्दिभ्स जानुहुने र त्यहाँबाट भारतको मुम्बई पुग्ने कार्यक्रम रहेको छ । 

मुम्बईमा एक साधुले उहाँको नाममा एउटा विशेष महायज्ञ गरेको र असोज २८ गते पञ्चजमीका दिन प्रारम्भ हुने यज्ञमा सहभागी हुन उहाँ एक दिनअघि नै मुम्बई जानुहुने जानकारी प्राप्त भएको छ ।, आजको घटना र विचार साप्ताहिकमा यो खबर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप