मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सुगाको बयानले हत्यारा श्रीमतीलाई पुर्यायो जेल

बिहीबार, ०५ साउन २०७४, १६ : १२
बिहीबार, ०५ साउन २०७४

बीबीसी

अमेरिकाको मिशिगनमा एक महिलालाई श्रीमानको हत्याको मामलामा सुगाले बयान दिएपछि दोषी ठहराइएको छ ।

ग्लेन्ना दुरमले सन् २०१५ मा सुगााको अगाडि आफ्ना श्रीमान मार्टिनमाथि पाँच गोली चलाएकी थिइन् । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गर्ने कोसिस पनि गरेकी थिइन् ।

मार्टिनकी पूर्व श्रीमतीका अनुसार सुगाले उनको (मार्टिनको) आवाज निकालेर ‘गोली नचलाउ’ भन्ने शब्द पटक पटक दोहोरायो । यद्यपी, बड नामको यो अफ्रिकी सुगालाई अदालतको सुनुवाईको क्रममा ल्याइएको थियो ।

न्यायाधिसको बेन्चले ४९ वर्षीया ग्लेन्नालाई हत्याको दोषी पाए । उनलाई अर्को महिना सजायँ सुनाइनेछ ।

उक्त घटनामा ग्लेन्नाको टाउकोमा चोट लागेको थियो । यद्यपी, उनी बाँच्न सफल भइन् । घटना मिशिगनमा उनीहरुको स्यान्ड लेकस्थित घरमा भएको थियो ।

दुई वर्षमा न्यायः

मार्टिनकी आमा लिलियन भन्छिन्, ‘मलाई यो देखेर निकै दुःख भइरहेको छ कि दोषी ठहराइएकी दुरममा कुनै पश्चाताप भाव छैन ।’

उनले न्यायका लागि ढिलाइ भइरहेको पनि बताइन् ।

मार्टिनकी पूर्व पत्नीले उक्त सुगाको हेरचाह गरिरहेकी छिन् । उनले भनिन्, ‘सुगाले त्यो रातको पूरा कुराकानी दोहोराइरहेको थियो र आफ्नो कुरा ‘गोली नचलाउ’ भन्दै समाप्त हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप