शून्य लागतमा कामदार आपूर्तिको व्यवस्था मिलाउन मन्त्री गोकर्ण विष्टकाे आग्रह
काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी संयन्त्र तयार गरी शून्य लागतमा कामदारको छनोट र आपूर्तिको व्यवस्था मिलाउन कतारसँग आग्रह गर्नुभएको छ ।
आज मन्त्रालयमा भएको मन्त्री विष्ट र नेपालका लागि कतारका राजदूत महमद युशुफबीचको भेटमा उहाँले कतारमा कार्यतर नेपाली कामदारलाई २४सै घन्टा बीमाको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपाली कामदारको विषयमा छलफल गर्न नेपालको तर्फबाट एउटा प्राविधिक टोली कतार पठाउने र त्यसको लागि कतार सरकारको आवश्यक सहयोग रहने अपेक्षा गर्नुभएको मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र कतारबीचको श्रम सम्बन्धका विविध विषय तथा कतारमा नेपाली श्रमिकका लागि रोजगारीका अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको थियो ।
कतारमा नेपाली श्रमिकको न्यूनतम वेतन वृद्धि, कामदारको बीमालगायत सामाजिक सुरक्षा र कामदारले पाउने सेवा, सुविधाको सुनिश्चितता एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको विषयमा र आगामी दिनमा दुई देशबीच उच्चस्तरीय सम्झौता गरीे श्रमिक आदानप्रदान गर्ने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमासमेत उहाँहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो क्रममा मन्त्री विष्टले कतारमा कुन प्रकारको जनशक्ति आवश्यक छ सोही प्रकारको जनशक्ति विकास गरी पठाउन नेपाल सरकार तयार रहेको दोहो¥यानुभएको थियो । उहाँले कुनै पनि म्यानपावर कम्पनीबाट कामदार ठगीन नपाउने गरी नेपाल र कतारबीच नयाँ ढङ्गाले श्रम सम्झौता गरी कार्य अघि बढाउनुपर्ने बताउनुभएको थियो ।
भेटका क्रममा राजदूत युशुफले शून्य लागतमा कामदार आपूर्ति गर्ने विषयमा कतार सरकार सकारात्मक रहेको बताउनुभएको थियो । उहाँले सामाजिक सुरक्षाको विषय उपयुक्त रहेको र कतारमा घरेलु कामदारको अत्याधिक माग रहेकाले हाल रोक्का रहेको घरेलु कामदारको आपूर्तिलाई सहज गराउने नेपाल सरकारलाई आग्रह गर्नुभएको थियो । राजदूत युशुफले नेपाली कामदारको सुरक्षाको विषयमा कतार सरकारले जिम्मेवारीपूर्वक अघि बढ्ने बताउनुभएको मन्त्रालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रका ऋषि : गिरिजाबाबु
-
भोजपुरमा जडीबुटीखेतीको लहर: अन्नबाली छाडेर चिराइतो र सतुवातर्फ आकर्षित हुँदै किसान
-
पूर्व–पश्चिम राजमार्गमा ‘हिट एन्ड रन’ : युवकको मृत्यु
-
बालकुमारीमा धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटिएको भित्तेचित्र, तस्बिरहरू
-
सुदूरपश्चिमभर अविरल वर्षा, बाढी–पहिरोको जोखिम बढ्दै
-
पत्रकार खेम भण्डारी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण