पारसको कप्तानीमा १८ सदस्यीय टोली छनोट
काठमाडौँ- यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो ।
कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।
नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।
मलेशियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया रहेका छन् ।
नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण