शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसकाे अघिल्लाे दिन १६ विधेयक प्रमाणीकरण

मङ्गलबार, ०२ असोज २०७५, २२ : ३८
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन् । 

सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । 

आज प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘जनस्वास्थ्य सेवा विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५,’ र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ रहेका छन् । 

यस्तै ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘सामाजिक सुरक्षा विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अपराध पीडित संरक्षण विधेयक, २०७५, र बालबालिकासम्बन्धी विधेयक, २०७५’ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप