संविधान दिवसकाे अघिल्लाे दिन १६ विधेयक प्रमाणीकरण
काठमाडौँँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन् ।
सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।
आज प्रमाणीकरण भएका विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’, ‘जनस्वास्थ्य सेवा विधेयक, २०७५’, ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५,’ र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ रहेका छन् ।
यस्तै ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, ‘सामाजिक सुरक्षा विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘अपराध पीडित संरक्षण विधेयक, २०७५, र बालबालिकासम्बन्धी विधेयक, २०७५’ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
-
सरकारका १०० दिनः कर्मचारीलाई १५ दिनमा तलबदेखि पेन्सनमा राहतसम्म
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु
-
१० खेलाडीमा सीमित अमेरिका अन्तिम १६ मा
-
खुर्सानीखेतीमा होमिएका नवीन: वार्षिक २३ लाखको कारोबार, युवाहरूका लागि प्रेरणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण