आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने, यस्ता छन् लगानी बोर्डका ४ निर्णय
काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ ।
नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो ।
मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण निर्णय पनि बैठकले गरेको छ ।
जसअनुसार पश्चिम सेतीमा चाइनाको थ्री गर्जेजले निर्माणमा अनिच्छा देखाएपछि यो परियोजनालाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा मोडालिटी बनाउन उर्जा अर्थ र उद्योगमन्त्री सम्मिलित उच्च स्तरीय समिति बनाउने निर्णय भएको छ ।
समितिको सचिवालय लगानी बोर्डको कार्यालय नै हुने बताइएको छ।
यसैगरी औद्योगिक पूर्वाधारको आभावले विकास निर्माणको समय लम्बिने तथा लागत बढ्ने गरेको विषयलाई मध्यनज़र गर्दै पूर्वाधार निर्माणको जिम्मा पनि विकास निर्माणकर्तालाई बनाउन दिने निर्णय भएको छ ।
त्यसको सोध भर्ना नेपाल सरकारले उपलब्ध गराउने गरि कार्यविधि बनाइने पनि अधिकारीले जानकारी दिए ।
यस्तो कार्यविधिलाई मन्त्रिपरिषदको बैठकले निर्णय गरी लागू गराउने पनि बोर्डको बैठकले निर्णय गरेको छ।
यसैगरी जापान क्लब इन्टरनेशनलले होटल निर्माणको लागि गरेको प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ। जापान क्लब इन्टरनेशनलले काठमाडौँ भक्तपुर र पोखरामा होटल निर्माण गर्ने प्रस्ताव गरेको छ।
जापान क्लब इन्टरनेशनलले १३ अर्ब ९० करोडको लगानीमा ३ वटा होटल बनाउने गरि प्रस्ताव गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण