शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमबीच २ घण्टा लामो वार्ता, के–के भयो कुराकानी ?

मङ्गलबार, ०२ असोज २०७५, २० : २९
मङ्गलबार, ०२ असोज २०७५

सोल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ अनबीच मङ्गलबार वार्ता भएको छ । 

दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता भएको हो । 

वार्तापहिले राष्ट्रपति मुन र नेता किमले प्योङयाङका सडकमा सवारी हाँक्दै गर्दा सडकका दुई किनारामा बसेका हजारौँ कोरियाली नागरिकले उनीहरूलाई तालीसहित भव्य स्वागत गरेका थिए । 

कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गराउन अमेरिकासँग भएको र हाल अवरुद्ध अवस्थामा रहेको वार्तालाई पुनः सञ्चालन गर्ने तयारीका साथ राष्ट्रपति मुन प्योङयाङ पुगेका हुन् । प्योङयाङ अन्तराष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन विमानस्थलमा एकआपसमा अँगालो मार्दै स्नेह र आत्मियताको भाव साटासाट गरेका थिए । 

सडकमा स्वागतका लागि बसेका कोरियालीहरूले हातमा फुलका गुच्छा समातेर एक स्वरमा ‘राष्ट्रको पुनः एकीकरण’ को गीत गाएका थिए । 

वर्कर्स पार्टीको वार्ताको शुरुवात गर्दै दक्षिण कोरियाली नेता मुनले किमसँग भने, म हामीमाथि रहेको भारबारे पूर्णतया सम्वेदनशील रहेको छु ।’ उनले थपे, ‘मलाई भारी जिम्मेवारीपनको वोध भएको छ ।’ 
मुनले भने, ‘सम्पूर्ण विश्वले हेरिरहेको छ । म शान्ति र समृद्धिको नतिजालाई विश्वभर देखाउन चाहन्छु ।’ 

मुनका आफ्नै अभिभावक पनि कोरियाली युद्धका समय उत्तर कोरियातर्फ भागेका थिए । 

आफ्ना पाहुनालाई सम्मानपूर्ण भावमा सम्बोधन गर्दै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत जुन महिनामा ऐतिहासिक सिङ्गापुर शिखर सम्मेलनका लागि मध्यस्थता गरेकोमा मुनको प्रशंसा गरे । 

यसले यस क्षेत्रलाई स्थायित्वतर्फ लगेको छ । यसले थप गति लिनेछ भन्ने मैले सोचेको छु । दुई घण्टा लामो वार्तामा भएका थप कुराकानीबारे तत्काल केही बताइएको छैन । 

मुन र किमबीच अर्को चरणको वार्ता बुधबार पुनः हुनेछ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप