केन्द्रीय संस्करण

फष्टलुकमा यस्तो देखियो विपिन र नम्रताको ‘प्रसाद’

person access_timeअसोज २, २०७५ chat_bubble_outline0

काठमाडौं– विपिन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको फस्टलुकसँगै ‘लै लै’ बोल रहेको गीतको लिरिकल भिडियो समेत एकसाथ सार्वजनिक गरेको हो । 

युट्युबमार्फत् सार्वजनिक भएको उक्त भिडियोमा चलचित्रका दृश्यहरु समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत देखिएका छन् ।  निःसन्तान दम्पत्तिबीचको माया र सम्बन्धको कथा बोल्ने ‘प्रसाद’मा विपिन र नम्रताले दम्पत्तिको भूमिका निर्वाह गरेका छन् । लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ ।

केतन क्षत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन्, भने संगीत सुवास भुसालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।  चलचित्रको परै मर्म ‘लै लै’ बोलको गीतले समेट्ने भएकोले नै चलचित्रको फस्टलुकसहित यो गीतलाई सार्वजनिक गरिएको निर्देशक दिनेश राउतले बताए ।

सुवास थापाको निर्माण रहेको ‘प्रसाद’को पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले तयार पारेका हुन् । चलचित्र सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा के कस्तो असरसम्म पुर्याउन सक्छ भन्ने देखाउन खोजिएको छ । प्रसादले मंसिर २१ रिलिज मिति जुराएको छ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ