शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केशुले ल्याइन् ‘बुकी फूल’

मङ्गलबार, ०२ असोज २०७५, १९ : २९
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं – निर्भाना कला केन्द्रको प्रस्तुति रहेको गति ‘बुकी फूल’ बोलको भिडियो सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो । दुर्गा गुरुङ, केशु गुरुङ, कुम गुरुङ र लक्ष्मी राना मगरको स्वर रहेको गीत रेशम गुरुङ र केशु गुरुङको शब्द रहेको छ । गीतमा रेशम गुरुङले नै संगीति दिएका हुन् । 

पर्सन गुरुङले निर्देशन गरेको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले छायाँकन तथा सम्पादन गरेका हुन् । सार्वजनिक भिडियोमा केशु गुरुङ, बिष्णुवीर थापा, टेक गुरुङ, छाउबहादुर गुरुङ र टार्जन गुरुङ अभिनय रहेको छ । 

संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी प्रमुख अतिथि रहेको कार्यक्रममा भिडियो निर्माण र गीत बनाउन सहयोग गर्नेलाई ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप