बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी

मङ्गलबार, ०२ असोज २०७५, १९ : २२
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ– गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन भएका छन् । काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । 

क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा विनोद सुदाम रहेका छन् । सातवटा प्रदेशमा समेत सात उपाध्यक्षपछि चयन गरिने अध्यक्ष रायमाझीले बताए  । 

‘वैज्ञानिक समाजवाद र राष्ट्रियताका लागि २२ सम्मेलन’ भन्ने मूल नाराका साथ दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो । 

सम्मेलनले सामुदायिक शिक्षाको रक्षा र स्तर उन्नतिका लागि शैक्षिक अभियान सञ्चालन गर्ने निर्णण गरेको छ । शिक्षामा रहेको सामान्तवाद अन्त्यको लागि आन्दोलन गर्ने, राष्ट्रियता र मौलिक शिक्षामा पक्षपोषण गर्ने, शिक्षामा देखिएको निजीकरण तथा व्यापारीकरण अन्त्य गर्न राज्यको दायित्व बोध गराउन दबाब दिने जस्ता प्रस्ताव पारित गरिएको अध्यक्ष रायमाझीले जानकारी दिए । सम्मेलनमा ७४ जिल्लाका २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप