बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा विषाक्त रक्सी खाँदा ५ नेपालीको मृत्यु, १५ को अवस्था गम्भीर

सोमबार, ०१ असोज २०७५, २० : २०
सोमबार, ०१ असोज २०७५

काठमाडौं– मलेसियाको क्वालालम्पुरमा विषाक्त रक्सी सेवनका कारण ५ जना नेपालीको मृत्यु भएको छ । राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर क्षेत्रमा काम गर्ने नेपालीहरुले आइतबार छुट्टीको दिन विषाक्त रक्सी सेवन गरेका थिए । जसका कारण ५ जना नेपालीसहित एक बंगलादेशी नागरिकको पनि मृत्यु भएको समाचार मलेसियाली सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । 

क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाका अनुसार आइतबार छुट्टीको दिन नेपालीहरुले सेलाङ्गोर क्षेत्रमा विषालु रक्सी पिएका थिए । किङफिसर नामक वियर र अन्य केही ह्विस्की पिएका उनीहरुमध्ये ५ जना नेपालीको मृत्यु भएको जानकारी आएको प्रवक्ता मुखियाले बताए । यद्यपि, मलेसियाको स्थानीय समयअनुसार साँझ ६ बजेसम्ममा ३ जना नेपालीको मृत्यु भएको जानकारी आएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमध्ये दुई जनाको सनाखत भएको छ । वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउको मृत्यु भएको पुष्टि भइसकेको छ ।  विषाक्त रक्सीकै कारण क्वालालम्पुरको सुनगाईबुलो, प्ल्यांक र बान्सिङ अस्पतालमा थप १५ जना नेपालीको उपचार भइरहेको छ । उनीहरुमध्ये केहीको अवस्था चिन्ताजनक रहेको पनि बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप