बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दिदी बहिनीमाथि तेजाव प्रहार गर्ने युवक पक्राउ

मङ्गलबार, ०२ असोज २०७५, १८ : ५३
मङ्गलबार, ०२ असोज २०७५

संजय मिश्रा
रौतहट– रौतहटको चन्द्रनिगाहपुरमा एक साताअघि दुई किशोरीलाई तेजाव आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

तेजाव आक्रमणबाट घाइते भई उपचार गराइरहेका दुई किशोरीका छिमेकी चन्द्रपुर–६ बस्ने रामबाबु पासवानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनी घाइते किशोरीहरु उपचार गरिहेको कीर्तिपुर अस्पतालमा कुरुवा बसेकै अवस्थामा गिरफ्तार भएका थिए ।

गत भदौ २७ गते राती १२ बजे घरमै सुतिरहेकी स्थानीय जादोलाल दासकी १८ वर्षीय छोरी सम्झना दास र १५ वर्षीय छोरी सुस्मिता दासलाई उनले तेजाब प्रहार गरी घाइते बनाएका थिए । सोही आरोपमा पासवानलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताएका छन् । 

मंगलवार चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पासवाललाई जिल्ला अदालत गौरबाट ८ दिनको म्याद थप गरी हिरासतमा लिइएको एसपी ढकालले बताए । पासवानलाई प्रहरीले कीर्तिपुर अस्पतालबाटनै पक्राउ गरी आवशयक अनुसन्धानपछि सार्वजनिक गरिएको प्रहरीले  जनाएको छ । 

तेजाब आक्रमणबाट घाइते दुबै दिदी बहिनीको स्वास्थ्यमा सुधार हुँदै गएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप