शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पल्सर तिन बर्ष सम्मका लागि सहिद स्मारक ए डिभिजन लिगमा अनुबन्धीत

मङ्गलबार, ०२ असोज २०७५, १८ : ४१
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ ।  नेपालकै सबैभन्दा लोकप्रिय मोटरबाइक ‘पल्सर’ ले नेपालको सबैभन्दा चर्चित तथा प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । 

सम्झौतामा कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तिन बर्ष सम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ ।

एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामीले नेपालकै प्रतिष्ठित फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगसँग सहकार्य गर्न पाएकोमा गौरवान्भित महशुस गरेका छौं । हामीले सधै खेलकुदमा युवाहरुलाइ प्रोत्साहित गर्नुका साथै सहयोग समेत प्रदान गर्दै आएका छौ ।

हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले बिभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छौं । जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप