मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्धित सबै निकायलाई सचेत रहन प्रहरीको आग्रह

मङ्गलबार, ०२ असोज २०७५, १७ : ५८
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं– नेपाल प्रहरीले महिला तथा बालबालिका हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह गरेको छ ।  नेपाल प्रहरी केन्द्रिय महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी उपरीक्षक किरण रानाले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि सम्बन्धित सबै निकायलाई सचेत रहन आग्रह गरेकी हुन् । 

उनले जघन्य अपराधका घटना हुन नदिन महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी संस्थाहरुले सहकार्य गरेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् । प्रहरी उपरीक्षक रानाले नेपाल प्रहरीले हिंसा तथा अपराध नियन्त्रणका लागि विद्यालय तहका बालबालिकामा समेत चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको पनि जानकारी दिइन् ।

 मंगलबार राष्ट्रिय महिला आयोगले काठमाडौंमा आयोजना गरेको सरोकारवाला निकायहरुसँगको छलफल कार्यक्रममा बोल्दै उनले महिला तथा बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधका घटना नियन्त्रणका लागि नेपाल प्रहरीले ७७ वटै जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेको पनि स्मरण गराईन् ।

नेपाल प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराध नियन्त्रणका लागि स्थापना गरेको सो सेवा केन्द्रमा १ हजार ५ सय ५९ जना जनशक्ति परिचालन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले महिला हिंसामा परेकाहरुलाई निःशुल्क कानुनी, मनोपरामर्शलगायतका सेवा सञ्चालन गर्दै आएको जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप