बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यौन अपराध लुकाउन ‘बोक्सी’को आरोप

मङ्गलबार, ०२ असोज २०७५, १७ : ३६
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं । मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनले लेखेको नाटक ‘बोक्सी उद्योग’ असोज ५ गतेदेखि कुञ्ज थियटर थापागाउँमा १५ दिन प्रदर्शन हुँदैछ । 

‘तराई, पहाड जताजतै बोक्सीका नाममा यातना, ताडना भोग्नेहरुको भित्री कथा खोतल्न खोजेको छु,’ लेखक एलनले भने, ‘सामन्ती सोचको अवशेष हो बोक्सी आरोप, समाजका ठूलावडाले आफ्नो बदमासी बचाउन अबलाहरुलाई बोक्सीको आरोप लगाएर समाजमा बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उतार्ने प्रयास गरेको छु ।’

नाटक तीन दशक रंगमञ्च र काँचका पर्दामा अभिनय र निर्देशनमा बिताएका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् । कुञ्ज थियटरमा साँझ ५ बजे प्रदर्शन गरिने नाटकमा लालटिन नेपालका १५ कलाकारको अभिनय छ । दाह्री ग्याङको सहकार्यमा प्रदर्शनमा आउन लागेको नाटकमा केसी राजा, पदम घिमिरे, दीपिका थापा, टार्जन दाहाल, नमस्ते दिवाकर घिमिरे, विकास शर्मा, प्रलाप राई, किरण रेग्मी, प्रमिसा राई, ऋषिकेश बस्याल, बालानन्द मैनाली, नितु पौडेल, अल्बिना न्यौपाने, रोयल राय, सन्जीव राईलगायतको अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप