शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘योगमाया’ बोकेर हिँडे मुख्यमन्त्री पोखरेल

मङ्गलबार, ०२ असोज २०७५, १७ : १३
मङ्गलबार, ०२ असोज २०७५

बुटवल– मंगलवार बिहान एउटा कार्यक्रम सकेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल हतारहतार गाडीमा चढ्दै थिए ।  त्यहिबेला उनको आँखा जुध्यो –योगमायासँग । गाडीमा चढेका पोखरेल पुन ओर्लिएर नजिकैको पुस्तक पसलतर्फ पाइला सारे । पसल नजिकै गएर योगमायाबारे सोधपुछ गरे  ।

सोधपुछपछि खल्तीबाट केही रुपैयाँ झिकेर ‘योगमाया’ पुस्तक मगाए । पसलेले पुस्तक मुख्यमन्त्रीको हातमा थमाइदिए ।

आफ्नो हातमा पुस्तक परेपछि पोखरेलले एकछिन आवरण हेर्दै सुम्सुम्याए, अनि लागे गाडीतर्फ । निलम कार्कीले प्रकाशित गरेको उक्त पुस्तक यसबर्ष मदन पुरस्कार प्राप्त गर्ने पुस्तक हो ।  पुस्तकप्रेमी मुख्यमन्त्रीलाई उक्त पुस्तक किन्ने संयोग मिलाएको थियो रातोपाटी अनलाईनले । 

रातोपाटीले बुटवलमा मंगलबार संविधान दिवसको अवसर पारेर ५ नम्वर प्रदेश कार्यालय स्थापना गरेको छ ।  त्यसै कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री पोखरेल आएका थिए । कार्यक्रम सकेर फर्किने क्रममा ‘योगमाया’संँग मुख्यमन्त्री पोखरेलको आँखा जुधेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप