बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायी महासंघको साधारणसभा बिहिबारबाट

मङ्गलबार, ०२ असोज २०७५, १७ : ०९
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं–नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा आगामी बिहिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० औं साधारणसभा आगामी बिहिबारदेखि काठमाडौंमा सुरु हुने औंपचारिक जानकारी गराएको हो । 

३ दिनसम्म चल्ने साधारण सभाले महासंघको तीन वर्षका लागि भावी नेतृत्व समेत चयन गर्नेछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्नेगरी साधारणसभाको तयारीको कामलाई अघि बढाइएको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए ।

बिहिबार प्रधानमन्त्री केपी ओलीले साधारण सभाको उद्घाटन गर्ने व्यवसायीले जनाएका छन् ।  शुक्रबार राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने र शनिबार नेतृत्व चयन गरी साधारण सभालाई सम्पन्न गर्ने कार्यतालिका पनि तय गरिएको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप