बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारमा युद्ध चर्केमा अमेरिकालाई थला पार्न सक्ने चीनका यी चार हतियार

मङ्गलबार, ०२ असोज २०७५, १७ : ०७
मङ्गलबार, ०२ असोज २०७५

बीबीसी । अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । हालसम्म यो युद्ध दुई देशले एकअर्को देशबाट आउने सामाग्रीहरुमा भंसार बढाउनेमा सीमित रहेको छ । 

संसारका दुई ठूला आर्थिक शक्तिहरु अमेरिका र चीन एक अर्कोको उत्पादनमा कर बढाइरहेका छन् । अहिले दुबै पक्ष कुनै संयम अपनाउने पक्षमा छैनन् । 

फेरि यो परिघटना अमेरिका उत्तर कोरियासँग परमाणु मामलामा संवाद गरिरहेको बेला शुरु भएको छ । यस्तो समयमा अमेरिकाले उत्तर कोरियाको प्रमुख सहयोगी चीनमाथि ठूलो स्तरमा भंसार कर बढाएको छ । 

अहिले यो कार्य एक तर्फि छैन । यसमा अहिलैनै कसैको पल्ला भारी देखिदैन र दबवै पक्ष झुक्न तयार पनि देखिदैन । 

तर चीनसँग यस्ता केही आर्थिक हतियार छन् जसले अमेरिकाको आर्थिक व्यवस्थालाई चोट पु¥याउन सक्छ । 

१ अमेरिकी कम्पनीहरुको लागि अफ्ठ्यारो पारिदिने
यदी कम्पनीहरुको कुरा गर्ने हो भने चीन अमेरिकी कम्पनीहरुको अघि कयैन ठूला अफ्ठ्याराहरु खडा गरिदिन सक्छन् । 

यसमा भंसारमा व्यवधान पु¥याउने, विनियमको नियमहरु बदल्ने र निर्यात र कर बढाइने पर्छन् ।

अमेरिकाको सायरा क्यूस विश्वविद्यालयका प्रध्यापक मेरी लवली भन्छिन्,“ चीनको यस्तो कदम उठाएको इतिहान छ र यो अमेरिकीहरुको लागि चिन्ताको विषय हो । केही रिपोर्टहरुले अमेरिकी कम्पनीहरुलाई बाधा पु¥याउने कुरा भनिएका छन् । तर अहिले नै चीनले यस्तो कदम चाल्ला भनेर भन्न सकिदैन ।” 

यदी दुबै देशले शुल्क बढाउने बाहेक अरु कुनै कदम चाले भने त्यसले दुवैलाई घाटा पु¥याउनेछ । 

यस्तो कदमले अमेरिकी र चिनिया कम्पनीमा लगानी घट्नेछ । 

उनी भन्छिन् ,“चीनले विदेशी लगानीलाई दुःख दिनुभन्दा अमेरिकालाई एक्लाउने प्रयास गरिरहेको छ । ”

२. अमेरिकालाई एक्लाउने
शी जिनपिंगलाई अहिले कुनै हतार छैन । उनी अझै सत्तामा लामो समय रहन सक्छन् । उनीमाथि कुनै कदम तत्काल चालिहाल्न दवाब पनि छैन ।

चीन होसियारीपूर्वक अघि बढिरहेको छ । चीन युरोप र एशियाका देशहरु र ल्याटिन अमेरिकासँग सम्पर्क र व्यापारिक सम्बन्ध स्थापित गर्ने कोशिश गरिरहेको छ । 

चीन अमेरिकाले सम्बन्ध तोडेको व्यापारिक देशहरुको समूहमा समावेश हुन सक्छ । ट्रान्स प्यासिफिक इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यसमध्यको एक हो । 

पछिल्लो समय अमेरिकाको यूरोपीयन युनियन, क्यानडा, मेक्सिकोसँग व्यापारिक मतभेद बढीरहेको छ । यस्तोमा चीन यीनीहरुसँग नयाँ सम्झौता गर्न सक्छ । 

३.युआनको मूल्य घटाउने
चीनले चाल्ने कडा कदममा उसले आफ्नो मुद्रा युआनको मुल्य अवमुल्यन पनि एक हो । तथापी यो फैसला सजिलो भने हुने छैन । 

केही विशेषज्ञहरुले मुद्रा युद्ध बढी प्रभावकारी हुने मान्छन् । 

तथापी केही भने यस्तो भएमा यो दुई धारवाला तरबारजस्तो हुने बताउँछन् । 

आर्थिक मुद्धाको जानकार ब्रेन ब्रोजीक्वास्की भन्छन्, “चीन आफ्नो कम्पनीहरुलाई सहयोग पु¥याउन र तीनलाई बलियो बनाउन बढी पैसा खर्च गर्न सक्छ, त्यो बाहेक उसले आफ्नो मुद्राको मुल्य कम गरेर पनि त्यस्तो गर्न खोज्न सक्छ । ”

उनी भन्छन् ,“ चीनको आर्थिक हतियारले अमेरिकाले बढी नोक्सान पु¥याउन सक्छ । तर उसले त्यस्तो गर्ला त भन्ने प्रश्न पनि छ । ”

यदी युआन अवमुल्यन भयो भने खर्च गरिको शुल्कको असर कम हुनेछ । त्यो अवस्थामा अमेरिकालाई लेवी बढाउनुपर्छ । त्यसरी व्यापारिक युद्ध अगाडि बढीरहन्छ ।

४. ट्रेजरी बण्डको खरिद रोक्का
ट्रेजरी बण्डलाई सुरक्षित लागनी मानिन्छ । यदी चीनमाथि बढी दबाब प¥यो भने उसले ट्रेजरी बण्ड बेच्न सक्छ वा भावि दिनमा किन्न बन्द गर्न सक्छ । 

यदी चीनले यस्तो ग¥यो भने अमेरिकी अर्थव्यवस्थालाई झट्का लाग्नसक्छ । तथापी यसको असर बेइजिङ्लाई पनि पर्नेछ । 

विशेषज्ञहरु चीनले बण्ड बेच्दा उसको मुद्रा युआनको अवमुल्यन हुने र यसको उसको आर्थिक सुरक्षा प्रभावित हुने बताउछन् ।

केही विशेषज्ञहरु चीनले यी आर्थिक हतियारहरु प्रयोग गरिहाल्लान् भन्ने विश्वास गर्दैनन् । यस्तोमा चीनले अमेरिकाविरुद्ध चाल्ने कदम भनेको शुल्क बढाउने मात्र हो । 

सेन्टर फर विजनेस इन चाइना एण्ड पोलिटिकल इकोनोमी प्रोजेक्टका डाइरेक्टर स्कट केनेडी भन्छन् ,“ व्यापारिक युद्धमा अमेरिकाभन्दा बढी चीन प्रभावित हुनेछ । अमेरिकाको अर्थव्यवस्था चीनको भन्दा कयैन गुणा ठूलो छ । चीनले अमेरिकाको ट्रेजरी बण्ड बेचेर धेरै प्रभावित गर्न सक्दैन । यदी चीनले यस्तो केही ग¥यो भने अमेरिकाले यसमा प्रतिक्रिया दिन्छ र त्यो चीनको लागि झन बढी भारी पर्न सक्छ ।”
केनेडीका अनुसार चीनले केही अमेरिकी कम्पनीहरुमाथि दबाब बनाउन सक्छ तर उसले सबै अमेरिकी कम्पनीमाथि दबाब बनाउन सम्भव छैन । 

यस परिघटनालाई फरक कोणबाट हेर्नेहरु पनि छन् । यसमध्य एक हुन् नोबेल पुरस्कार विजेता अर्थशशास्त्री जोसेफ स्टिगलिट्ज । उनी चीन यो युद्धमा एक बलियो स्थितिमा रहेको मान्छन् । 
उनी भन्छन्, “ चीनसँग व्यापारिक युद्धबाट बच्ने कयैन तरिकाहरु छन् । चीनसँग तीन ट्रिलियन अमेरिकी डलर छ जुन व्यापारिक युद्धबाट बच्नको लागि प्रयाप्त हो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप