आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सेयर बजारमा सामान्य बृद्धि, कारोबारमा छैन उत्साह

मङ्गलबार, ०२ असोज २०७५, १७ : ००
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं– मंगलबार सेयर बजारमा सामान्य बृद्धि देखिएको छ । २.४१ अंकले बढेको बजारमा १२५८.८१  अंकमा अडिएको छ । 

तर कारोबार रकम भने हिजोको भन्दा कम छ । यस दिन ४५ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिले दिन ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  बैंकिङ समुह २.१३ अंकले घटेको छ भने होटल समुह २५.९३ अंकले घटेको छ । फाइनान्स समुह १.८५ अंकले घटेको छ । 

विकास बैंक, जलविद्युत, फाइनान्स, नीर्जिवन बिमा कम्पनी, उत्पादन तथा प्रशोधन,  माइक्रोफाइनान्स, जीवन बिमा कम्पनी  र अन्य समुहमा बढोत्तरी छ । 

सबैभन्दा बढी निर्जिवन बिमा समुह ७३.९५ अंकले बढेको छ । आज नेको इन्सुरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसको  ३ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनएमबी बैंकको  २ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा बढी गुमाउँनेमा हाथवे कम्पनी, बिजय लघुवित्त वित्तिय संस्था, मेगा बैंक र कंकाई विकास बैंक रहेका छन् । सबैभन्दा बढी कमाउनेका भने अरुण कावेली पावर, भार्गव विकास बैंक, हिमालयन पावर पार्टनर रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप