शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भुमा कारभित्र मृत भेटिएका श्यामले ‘शेयर कारोबार’ डुबेपछि आत्महत्या गरेको प्रहरीको आशंका

मङ्गलबार, ०२ असोज २०७५, १६ : ०३
मङ्गलबार, ०२ असोज २०७५

पोष्टमार्टमबाट मृत्युको कारण खुलेन

काठमाडौँ । राजधानीको स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको कारभित्र मृत फेला परेका ‘शेयर कारोबारी’ श्याम कुमार श्रेष्ठको मृत्युको कारण अझै खुल्न सकेको छैन ।

भदौ २१ गते स्वयम्भु हाइट स्थित पार्किङ गरिराखेको बा. ७ च ७०२१ नम्बरको आफ्नै स्विफ्ट कारभित्र पछाडिको सिटमा घोप्टो परेको अवस्थामा श्यामको शव फेला परेको थियो ।

नेपाली शेयर बजारका उम्दा कारोबारी  श्यामले शेयर बजार ओराले लागेपछि अत्महत्या गरेको आशंका गरिएको छ । मकवानपुरको मार्खु–७ स्थायी घर भई काठमाडौँको नैकाप बस्दै आएका २६ वर्षीय श्यामले

शेयर ठूलो रकम लगानी गरेर लाखौँ आम्दानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, पछिल्लो समय शेयर बजार ओरालो लागेपछि उनमा वितृष्णा छाएको बताइएको छ ।

त्रिवी शिक्षण अस्पतालमा गरिएको श्यामको पोष्टमार्टम रिपोर्टमा ‘कज अफ डेथ अन्डिटरमाइन्ड’ अर्थात मृत्युको कारण खुल्न नसकेको कुरा उल्लेख गरिएको छ ।

‘पोष्टमार्टम रिपोर्ट आएको छ हामी भिसेरा रिपोर्ट कुरिरहेका छौँ,’ महानगरीय प्रहरी वृत स्वयंभुका डिएसपी सुधिरराज शाहीले भने, ‘घटनामा संलग्नको पहिचान भइसकेको छैन, मोबाइलको कल डिटेल्स लगायतको माध्यमबाट थप अनुसन्धान भईरहेको छ ।’

प्रहरी अनुसन्धानको क्रममा श्यामले शेयरमा लगानी गरेको ठुलो रकम डुबेको र त्यहि बेला आमाको स्वास्थ्यमा क्यान्सरको समस्या देखिएपछि उनीमा फ्रस्टेसन आएको खुलेको छ ।

यसअघि पनि शेयर ओरालो लागको समयमा उनी केही दिन हराएका थिए । भाईसँग मिलेर मनमोहन हस्पिटलमा क्यान्टिन चलाएका श्याम बालाजुस्थित भ्याली कोल्ड स्टोरका समेत लगानीकर्ता हुन् ।

श्यामको शव फेला पर्नुभन्दा एक साता पहिले स्वयम्भुमा टाउको छुट्टीएको अवस्थामा फेला परेका २२ वर्षीय युवाको घट्ना सम्बन्धमा समेत प्रहरीले कुनै तथ्य फेला पार्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप