मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा ३ जना सिफारिश

मङ्गलबार, ०२ असोज २०७५, १३ : ४८
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौँ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिश गरिएको छ । 

छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिनुभएको जानकारीअनुसार चिकित्सक डिएन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ । 

न्याम्सका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले तीन जना चिकित्सकको नाम उपकुलपति पदमा सिफारिश गरेका हुन् ।

अब न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती तीन जनामध्ये एकलाई उपकुलपति चयन गर्नेछन् ।

कामु सचिव प्याकुरेलले १६ चिकित्सकमध्येबाट कार्यक्षमताका आधारमा तीनजनाको नाम चयन गरेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप