बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउन र भदौं महिनामा मात्रै १ सय २० अर्ब राजस्व संकलन

मङ्गलबार, ०२ असोज २०७५, १३ : २२
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं– सरकारले साउन र भदौं महिनामा मात्रै १ सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ । सरकारले गत वर्षको तुलनामा श्रावण र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अरब राजस्व संकलन गर्न सफल भएको हो ।

मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा.युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिए । उनले राजस्व संकलनका लागि सरकारले करको दायरा बढाउने नीति लिएको पनि स्पष्ट पारे ।

करको दायरा बढाउने र करमैंत्री कार्यालयको स्थापना गरेर राजस्व संकलनको कामलाई सहज बनाउने काम सरकारले गरिरहेको अर्थमन्त्री खतिवडाको दावी छ । सरकारले कर असुलीलाई सहज बनाउन ११ वटा थप कर कार्यालयनै स्थापना गरेको छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय तहमा देखिएको करसम्बन्धि समस्या समाधान हुँदै गएको दावी पनि गरे । उनले घरजग्गामा लगाइएको कर घटाउन लागिएको पनि जानकारी दिए । ‘केही नेपाल ऐन’ संशोधन गरेर घरजग्गामा लगाइएको करको दर घटाउने अर्थमन्त्री खतिवडाको योजना छ ।

अर्थमन्त्री खतिवडाले कानुन विपरित कर नलिन आवश्यक व्यवस्था गरिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले अमेरिकी डलरको तुलनामा अन्य देशको मुद्राको अवमूल्यन भएपनि नेपाललाई त्यसले तत्काल असर नपार्ने दावी पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप