बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी मन्त्री अफिसमा सुतिरहेकी थिइन्, यसरी उडाइयो खिल्ली

मङ्गलबार, ०२ असोज २०७५, १२ : ५८
मङ्गलबार, ०२ असोज २०७५

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीको सरकार सत्तामा आएको केही हप्ता मात्रै भएको छ । यसैबीच मानिसहरुले एक विशेष मन्त्रीको आलोचना गर्ने मौका पाएका छन् ।

इमरान सरकारले शिरिन मजारीलाई मानवाधिकार मन्त्री बनाएको छ । हालै, उनलाई आफ्नो अफिसमा सुतिरहेको अवस्थामा भेटियो । उनको एक तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

शिरिन मजारीको यो तस्बिर भाइरल भएलगत्तै मानिसहरुले सोसल मिडियामा उनको आलोचना सुरु गरेका छन् । ट्वीटरमा पाकिस्तानीहरुले उनको निकै खिल्ली उडाइरहेका छन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले लेखिन्, ‘सबै मानवाधिकारलाई सुनिश्चित गर्दा गर्दै पक्कै पनि थाकेकी होलिन् ।’

मोहम्मद ताकीले लेखे, ‘निन्द्रा एक मौलिक अधिकार ।’

डा. अफनान उल्लाहले लेखे, ‘मन्त्री शिरिन मजारी दिउँसो सुतेर मानव ऊर्जा बचाइरहेकी छिन् । मलाई लाग्छ कि यो उनको गल्ती होइन । मेरो मतलब यो हो कि तपाईं मानवाधिकार मन्त्रालयमा बसेर आखिर दिनभरी के गर्ने हो ?’

यस्तै, मिर्जा लेख्छिन्, ‘सबै कुरा ठिक छ तर फोटो छैन, यो पक्कै पनि खाजाको ब्रेक होला । यो फोटोले यो देखाउँछ कि अफिसमा कसैले गोपनियता उल्लंघन गरिरहेको । यो व्यक्तिले दस्तावेज पनि लिक गर्न सक्छ । यी व्यक्तिलाई पहिचान गरेर जागिरबाट निकाल्नुपर्छ ।’

उमर कुरैशीले लेखे, ‘मैले शिरिन मजारीको अफिसमा सुतिरहेको तस्बिर ट्वीट नगर्ने निर्णय गरें । हरेक व्यक्ति एकै हुन् र उनीहरुलाई कामका बेला पनि छोटो समयका लागि निदाउन छुट छ । हामी पनि यस्तै गर्छौं । उनलाई पनि थाहा छैन होला कि अफिसमा उनको तस्बिर कसले खिच्यो र सर्कुलेट गर्यो ।’

सरकारमा आउनुअघि मजारी इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिजमा डायरेक्टर जनरल थिइन् । यो संस्था रक्षा मामलाको एक थिंक ट्याङ्क हो । यसबाहेक उनीहरुले इस्लामाबादको कायद–ए–आजम युनिभर्सिटीमा प्राध्यापकको रुपमा आफ्नो सेवा पनि दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप