शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोको पर्यटकीयस्थलमा गोली प्रहार, ६ जनाको मृत्यु

मङ्गलबार, ०२ असोज २०७५, १२ : ४६
मङ्गलबार, ०२ असोज २०७५

मेक्सिको सिटी– मेक्सिको सिटीको गारीबाल्डी प्लाजामा भएको गोलीकाण्डमा थप एक व्यक्तिको मृत्यु भएको छ । सो क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

मेक्सिको सिटीको महान्यायाधीवक्ताको कार्यालयका अनुसार मारिएका छैठौँ व्यक्ति ३२ वर्षीय पुरुष रहेका छन् । 

गत सेप्टेम्बर १४ मा मेक्सिकोको प्रख्यात पर्यटकीय प्लाजामा उक्त गोलीकाण्ड भएको थियो । त्यस गोली प्रहारमा यी व्यक्ति पनि गोली लागेर घाइते भएका थिए । अस्पतालमा उपचारको क्रममा उनको सोमबार मृत्यु भएको हो । 

मेक्सिको सहरको ऐतिहासिक केन्द्रनजिक रहेको बारलाई लक्षित गर्दै गायकको पोशाकमा रहेका एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । 

महान्यायाधीवक्ता एडमुन्डो गारिडोले लागूऔषध ओसारपसार गर्ने व्यक्तिहरुबीचको झगडाका कारण गोली चलेको अनुसन्धानबाट देखिएको स्थानीय सञ्चार माध्यमलाई बताए । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप