शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिग बसमा ६५ वर्षे भजन सम्राट र उनकी २८ वर्षे प्रेमिकाको चर्चा

मङ्गलबार, ०२ असोज २०७५, १२ : २२
मङ्गलबार, ०२ असोज २०७५

कलर्स टिभीमा सबैभन्दा विवादित कार्यक्रम ‘बिग बस १२’ सुरु भइसकेको छ । कार्यक्रमको सुरुमा नै सलमानले उक्त शो जोडी भर्सेस सिंगल हुने बताएका थिए ।

उक्त शोमा १७ प्रतिस्पर्धी छन् । यद्यपी, ती प्रतिस्पर्धीमध्ये ६५ वर्षका भजन गायक अनुप जलोटा र उनीभन्दा ३७ वर्ष कान्छी जसलिन सबैभन्दा चर्चामा छन् ।

यतिमात्र होइन, अनुप जलोटा बिग बस इतिहासको सबैभन्दा महँगा सेलिब्रिटी प्रतिस्पर्धी हुन् । मिडिया रिपोर्टको दाबी अनुसार जलोटा यो सिजनको हिस्सा बन्नका लागि हरेक हप्ता ४५ लाख भारु दिइनेछ । यस अघिको सिजनमा हिना खानलाई एक हप्ताको ४० लाख भारु दिइएको थियो ।

प्रिमियर एपिसोडमा बिग बसको स्टेजमा अनुप जलोटाले आफूभन्दा ३७ वर्ष कान्छी जसलिनलाई डेट गरिरहेको स्विकारे ।

यी दुईले आफ्नो सम्बन्ध स्विकार गरेसँगै सोसल मिडियामा उनीहरुको निकै खिल्ली उडाइयो ।

यस्तै प्रतिक्रियामा जसलिनका पिता केसर मथारुले आफ्नी छोरीको बचाउ गरेका छन् । उनले भने, ‘यो खबर मेरो परिवारका लागि पनि अचम्मित गरिदिने किसिमको छ । तर मैले उसलाई नभेटेसम्म उसको नीजि जीवनबारे केही प्रतिक्रिया दिन्नँ । उनी बिग बसको घरमा छिन् र म चाहन्छु उनी त्यहाँबाट बिजेता बनेरै फर्किउन् ।’

केसरले थपे, ‘ट्रोलका कारण मलाई कुनै तनाव छैन । जसलिन एक गायिका हुन् र उनले बलिउडका विभिन्न गायकसँग स्टेज सेयर गरेकी छिन् । हाम्रो परिवार निकै राम्रो छ । मेरी छोरीले यो क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिसकेकी छिन् । यस्तोमा चर्चाका लागि यस्तो गरेको भन्नु गलत हो ।’

आफ्नी छोरीले केही गलत नगरेको भन्दै उनले थपे, ‘यस्ता विभिन्न प्रतिस्पर्धी छन् जो विवादसँग जोडिएका छन् । मेरी छोरीले केही गलत गरेकी छैनन् । म उनलाई शुभकामना दिन्छु । जब कोही जीवनमा अघि बढ्छन् तब मानिसहरु यस्तै कुरा गरेर खुट्टा तान्छन् । उनले कुनै कुराको पर्वाह नगरी अघि कसरी बढ्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

बिग बसको स्टेजमा जसलिन र अनुपले आफूहरु साढे तीन वर्षदेखि डेट गरिरहेको स्विकारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप