शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वल्र्डलिंकको नयाँ अफर ‘इन्टरनेट फरर, विदेश सरर’

मङ्गलबार, ०२ असोज २०७५, १२ : ०१
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं । काठमाडौं वल्र्डलिंक कम्युनिकेशन्सले नजिकै आएका दशैंतिहार लगायतका चाडलाई लक्षित गरी ‘इन्टरनेट फरर, विदेश सरर’ नामक ग्राहक योजना ल्याएको छ ।

यस योजनामा वल्र्डलिंकको इन्टरनेट जोड्ने २३ जना भाग्यशाली जोडीहरुले पेरिस, थाइल्याण्ड, सिंगापुर, दुवई, बाली र मलेसियालगायतकका घुम्नलायक शहरहरुको भ्रमण गर्ने अबसर पाउनेछन् । 

वल्र्डलिंक कम्युनिकेशन्सले २३ औं वर्ष पुरा गरेको खुसीयालीमा ती भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप भ्रमणको अवसर प्रदान गर्न लागेको हो ।

यसै अबसरमा वल्र्डलिंकले इन्टरनेट खरिद वा नविकरण गर्दा समेत भारी छुट पाउने छन् ।

नयाँ इन्टरनेट जोड्दा र नविकरण गर्दा ग्राहकले एक वर्षको शुल्क भुक्तानी गरे ४० प्रतिशत छुटसमेत पाउने कम्पनीले जनाएको छ ।

यसरी इन्टरनेट जोड्दा ग्राहकले छुटसँगै निशुल्क सेट अप बक्ससहित १२ महिना नेटटिभी (आइपी टिभी) प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप