केन्द्रीय संस्करण
विचार

पहाडी राष्ट्रियतासँगै एकल जातीय मधेसी अधिनायकवादको खतरामा मधेस

person explore access_timeअसोज २, २०७५ chat_bubble_outline0

लामो समयदेखि मधेसमा पहाडी उग्र राष्ट्रवादको द्वन्द्व छ । मधेस केन्द्रित दललाई यो विषय राम्रोसँग थाहा छ । तर यतिबेला मधेस केन्द्रित दलहरू सत्ता स्वार्थको राजनीतिमा चुर्लुम्म डुबेका छन् र मधेस राजनीतिलाई केपीओलीकै बाटोमा डोर्याइरहेका छन् । मधेस मुक्तिका लागि पटक पटकको आन्दोलनमा सयभन्दा बढी मधेसीले बलिदान गरिसके । पछिल्लो समय बाँकेमा आफूलाई मधेसको मसिहा ठानिएका उपेन्द्र यादवलाई कालो झण्डा देखाएकै आरोपमा राममनोहर यादव मारिएका छन् ।

प्रदेश २ मा मधेस केन्द्रित दलकै सरकार छ । सङ्घीय सरकारमा पनि मधेसी दलको सहभागिता छ । यही संविधानको मातहतमा रहेर नुनको सोझो गर्दैछन् । अनि असोज ३ गते यही संविधानको विरोधमा कालो दिवस (बल्याकआउट) मनाउँदै छन् । यो कस्तो मधेस राजनीति हो ? यो कसको मधेस राजनीति हो ? यो पाराले मधेस केन्द्रित दलमाथि कसले विश्वास गर्लान् ? त्यसमा पनि एकथरी मधेस केन्द्रित दल कालो दिवस मनाउने र अर्कोथरीले नमनाउने कुराको बहस चिया पसलमा छ । एकखाले मधेस राजनीति पहाडी राष्ट्रियताको चाङ्गुलमा फसेको छ । अर्को के गर्ने, के नगर्ने भनी अन्यौल अवस्थामा छ । यसरी मधेस केन्द्रित दल आफैमा विभाजित र विवादित छन् । यता मधेस बलिदान र सपना चकनाचुरको अवस्थामा पुगेको छ ।

मधेस केन्द्रित दलसँग मधेसी सहिदको यकिन तथ्याङ्क छैन । मिडियामा फरक तथ्याङ्कहरू आइरहन्छ । यस्ता मधेस केन्द्रित दलसँग जनताले के अपेक्षा गर्ने ?

मधेस आन्दोलन साँच्चिकै मधेस मुक्तिका लागि सचेत आन्दोलन थियो कि केही मधेसी नेता र दलका लागि भरियाको रूपमा सम्प्रदायिक आन्दोलन थियो भन्ने प्रश्न उठेको छ । केपी ओलीलाई कट्टर मधेस विरोधी देख्ने मधेसी दल र उपेन्द्र यादव अहिले पहाडी राष्ट्रवादको पगरी थुतेर मधेसमा पहाडिया चरित्रको अधिनायकत्वको अभ्यास गरिरहेको छन् । के उनीबाट मधेसमा मधेसी राष्ट्रियता सम्भव छैन् ? ओली नेतृत्वकै बाम सरकारमा लम्पसार किन् छन् ? के उनलाई मधेसीमाथि विश्वास छैन् ?  निजी राजनीतिक स्वार्थपूर्तिका लागि बलिदानसँग सौदावाजी गर्दै हिँडेका मधेस केन्द्रित दलको मधेसप्रतिको चिन्ता मरेको छ । मधेसी एजेन्डाप्रति कुनै मतलव राखेका छैनन् । यतिबेला चुनावी खर्च उठाउने र जुटाउनेमै व्यस्त छन् ।

मधेस आन्दोलनका मुद्दाहरू यतिबेला गुमराहामा परेको छ । एक मधेस एक प्रदेशको एजेन्डा इतिहासमा सीमित भएको छ । २२ जिल्लाको मधेस ८ जिल्लामा सीमित हुन पुगेको छ । संविधान संशोधनसमेत बार्गेनिङको मुद्दा मात्र बनाइएको छ । सहिदको ५० लाख र परिवारजनको रोजगार गफमै सीमित भएको छ । बरू त्यसको बदला प्रदेश सरकारले सहिद परिवारलगायत आम नागरिकको ढाड सेक्नेगरी कर बढाएर रगत चुस्ने कामको सुरूवात गरेको छ । यस्ता थुप्रै प्रश्नहरू छन्, जुन प्रश्न मधेसी जनताको मननष्तिकमा उम्लिरहेकाछन् । यता मधेसको राजनीति सत्तास्वार्थको बार्गेनिङमा बदनाम भइरहको छ ।

उपेन्द्र यादवले पटक पटक म राष्ट्रवादी हुँ मधेसवादी होइन् भनेका छन् । उनी कुन राष्ट्रवादको गर्भबाट जन्मेका हुन् ? मधेसी वा पहाडी राष्ट्रवाद ! यसको सरल जवाफ मधेसी जनताले खोजेका छन् । उनले पहाडी राष्ट्रवादका कुरा गरेका हुन् भन्ने पहाडबाटै चुनाव जित्ने हैसियत किन राख्दैन् ? यदि समग्र राष्ट्रवादको कुरा गरेका हुन् भन्ने यो देशको कार्यकारी प्रधानमन्त्री बन्ने हैसियत किन राख्दैन् ? राजेन्द्र महतो आफूलाई दरो र खरो मधेसवादी ठान्छन् । तर निर्वाचनमा मधेस आन्दोलनको उर्वरभूमि लहान लगायत मधेसका विभिन्न ठाउँमा पहाडी दलले चुनाव कसरी जित्यो ? पहाडी राजनीतिलाई मधेसबाट किन बिदा गर्न सकिएन ? यसको जवाफ पनि नागरिकले खोजेका छन् । मधेसी बलिदान र सपनामाथि नौटङ्की गर्दै हिँड्ने मधेस केन्द्रित दल र नेतालाई जनताले मधेसीको डीएनए टेस्ट गर्नुपर्ने हो ? यो मधेसी दलको मधेसमाथि ठूलो अन्तर्घात हो ।

मधेस आन्दोलनका मुद्दाहरू यतिबेला गुमराहामा परेको छ । एक मधेस एक प्रदेशको एजेन्डा इतिहासमा सीमित भएको छ । २२ जिल्लाको मधेस ८ जिल्लामा सीमित हुन पुगेको छ । संविधान संशोधनसमेत बार्गेनिङको मुद्दा मात्र बनाइएको छ । सहिदको ५० लाख र परिवारजनको रोजगार गफमै सीमित भएको छ । बरू त्यसको बदला प्रदेश सरकारले सहिद परिवारलगायत आम नागरिकको ढाड सेक्नेगरी कर बढाएर रगत चुस्ने कामको सुरूवात गरेको छ । यस्ता थुप्रै प्रश्नहरू छन्, जुन प्रश्न मधेसी जनताको मननष्तिकमा उम्लिरहेकाछन् । यता मधेसको राजनीति सत्तास्वार्थको बार्गेनिङमा बदनाम भइरहको छ ।

अहिले मधेस केन्द्रित दलको कुनै ठोस एजेन्डा छैन । अरू राजनीतक दलको एजेन्डा बोकेर हल्लीखल्ली गर्दै सतास्वार्थको बागेनिङमा टिकिरहेका छन् । तथापि उनीहरूले आफ्नो एजेन्डा प्राप्त गर्न सकेका छैनन् । उपेन्द्र यादवको सरकार सहभागिताले मधेस एजेन्डा यतिवेला केपी ओलीकै बाटोमा हिँडिरहेको छ । प्रदेश नं २ मा  १७.४९ प्रतिशत दलित र  ४.१५ प्रतिशत मुस्लिमको जनसङ्ख्या छ । जुन जनसङ्ख्या निर्वाचनमा निर्णायक भूमिका खेल्छन् । यसमा राजनीतिक दलहरूले हरेक हत्कण्डाको प्रयोग गर्छन् । अगामी निर्वाचनलाई प्रयोग गर्न २ नं प्रदेशमा मधेस केन्द्रित दल यादव र मुस्लिमबीचको कनेक्सन त कहिले दलित मुस्लिमबीचको कनेक्सनको जातीय कार्ड प्रयोग गर्न गौण रूपमा आन्तरिक तयारीमा जुटेका छन् । किनभने मधेस केन्द्रित दल बाँकी उपलब्धि प्राप्तीका लागि थाँती राखेको आन्दोलन गर्ने हैसियत गुमाइ सकेका छन् ।

विभिन्न बहानामा मधेस केन्द्रित दल मधेस र मधेस आन्दोलनको कार्ड प्रयोग गरेर मधेसको बलिदानमाथि राजनीतिक दलाली गर्दै आएका छन् । त्यसैले मधेसी जनताको सपना मधेस केन्द्रित दलबाटै सखाप हुने खतरा छ । लोकतन्त्रको जग र पहाडी अधिनायकवादको आडमा मधेसका निम्न वर्गमाथि एकल जातीय मधेसी अधिनायकत्व बढेर जाने सम्भावना छ । निर्वाचनको परिणाम र स्थानीय सरकारको दलिय क्रियाकलाप त्यतैतिर केन्द्रित छन् । त्यसैले मधेसी जनताको विश्वास अविश्वासको खाडलमा फेरिएको छ । अगामी निर्वाचनका लागि  यो मधेसी जनताका लागि दुःख दिन । यसको विरूद्ध कठोर सङ्घर्ष गर्ने बेला भएको छ ।

राजनीतिमा मधेस केन्द्रित दलको नियत ठीक देखिएको छैन । नयाँ राजनीतिक विकल्पविना यिनीहरूबाटै मधेसी मुक्तिको कल्पना गर्न सकिँदैन । मधेस केन्द्रित  दलको मधेस मागप्रति ठोस अडान कहिले देखिएन् । पद, प्रतिष्ठा र कुर्सीका लागि ढुलमुले चरित्र अवलम्बन गर्दै आएको छ । मधेस आन्दोलनको कार्ड प्रयोग गरेर पटक पटकको सरकारमा महत्वपूर्ण मन्त्रालयहरू हत्याएकै छन् । तर मधेसी मुहारमा कुनै चमक दिन सकेनन् । झन् निराशाहरू नै थपिदिएका छन् । कुनै बेला मुलुकको तेस्रो ध्रुवीय वैकल्पिक राजनीतिक शक्ति नयाँ शक्ति पार्टीका संस्थापक डा. बाबुराम भट्टराईसँग नजिकिएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराईको खपडलाई राम्रोसँग उपयोग गर्न सकेनन्, दुरूपयोग गरे । तालमेल बिग्रियो । तालमेल अन्ततः धोका र गद्दीमा परिणत भयो । मुख्यतः वैकल्पिक राजनीतिक शक्ति निर्माणमा धोका बाधक बन्यो । अहिले बाम सरकारको क्रियाकलाप र युगको मागअनुसार वैकल्पिक राजनीतिक शक्ति नै अगामी दिनमा निर्णायक राजनीतिक शक्तिको रूपमा उदाउने निश्चित छ । मधेस केन्द्रित दलले यसको हेक्का राख्नु पर्छ ।

अहिले मधेसमा सङ्घीयता र समावेशिताको गलत अभ्यास  भइरहेको छ । आधारभूत वर्गमा समावेशिताको कुनै गन्ध छैन । यसले एकात्मक र निषेधात्मक जातीय पुनर्जागरणको सुरुवात भएको छ । यसबाट निस्पक्ष निर्वाचनको कल्पना गर्न सकिँदैन । मधेसमा एक जातिले अर्को जातिको अस्तित्व स्वीकार्ने पक्षमा छैन् । यो मधेसी राजनीतिको ठूलो चुनौती र समस्या हो । यसबाट मधेसमा कमजोर वर्ग झन् कमजोर र बलिया झन् बलियो हुने समभावना बढेर गएको छ । यो प्रवृत्तिले लोकतन्त्र खतरामा पर्ने सम्भावना छ । शोषित र शासक वर्गबीचको खाड्ल झन् गहिरो हुनेछ ।

अहिले पनि पहाडी र मधेसी शासकको मधेस हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन । सत्ता स्वार्थको अन्तर्विरोध मात्र छ । मधेसमा पहिचान र आत्मसम्मानको लडाइँ छ । शासित वर्गले राज्य सञ्चालनमा आफ्नो पहिचान खोजेका छन् । अर्को शासक वर्ग जो इतिहासदेखि गुमेको आत्मसम्मानका साथ बाँच्न चाहन्छन् । यी दुवै अन्तर्विरोधको समकक्षीय मधेस हो । यसर्थ मधेस केन्द्रित दलबाट आजित मधेस अब फरक दिशा र दृष्टिकोणमा केन्द्रित हुँदैछन् । यसको जवाफ मधेसी दलले भोलि इतिहासको कठघरामा उभिएर दिनुपर्ने हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...