शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्रबेरीका कारण अष्ट्रेलियादेखि न्यूजिल्याण्डसम्म हंगामा, आखिर कसले गर्यो यस्तो ? जानकारी दिनेलाई ८४ लाख

मङ्गलबार, ०२ असोज २०७५, ११ : ३३
मङ्गलबार, ०२ असोज २०७५

बीबीसी

अष्ट्रेलियादेखि न्यूजिल्याण्डमा स्ट्रबेरीको मूल्यमा भारी गिरावट आएको छ ।

अष्ट्रेलियाका पाँच ठूला कम्पनीले ग्राहकलाई बेचेको स्ट्रबेरीको स्टक फिर्तासमेत मागेको छ ।

सोमबार न्यूजिल्याण्डका दुई ठूला कम्पनी काउन्टडाउन र फूडस्टफ्सले आफूहरुले स्ट्रबेरीको आयातमा रोक लगाएको घोषणा गरेका छन् ।

त्यसपछि  अष्ट्रेलियामा स्ट्रबेरीको मूल्यमा भारी गिरावट आएको छ ।

तर स्ट्रबेरी किन खाइरहेका छैनन् मानिसहरु ?

स्ट्रबेरी मनपराउनेहरुका लागि यो निकै अचम्मित गरिदिने खबर हुनसक्छ ।

अष्ट्रेलियाको विभिन्न स्थानमा स्ट्रबेरीमा कपडा सिलाउने सियो गाडिएको पाइयो ।

यस्तै एक स्ट्रबेरी खाँदा एक व्यक्ति अस्पतालसमेत जानुपर्यो । देशभरीबाट यस्तो खबर आएपछि अष्ट्रेलियाली सरकारले यसबारे अनुसन्धानको आदेश दिएको छ ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अष्ट्रेलिया–न्यूजिल्याण्डको फुड सेफ्टी अथोरिटीलाई यो मामलाको गहिराईसम्म पुग्न आदेश दिएको छ ।

ग्रेग हन्ट भन्छन्, ‘यो एक निकै क्रुर अपराध हो र सर्वसाधारणमाथि हमला समान हो ।’

यो मामलामा स्थानीय प्रशासन पनि अनुसन्धान गरिरहेको छ । तर अहिलेसम्म कुनै संदिग्ध व्यक्ति हात लागेका छैनन् ।

जानकारी दिनुहोस्, ८४ लाख पाउनुहोस्ः

क्विन्सल्याण्ड प्रान्तको सरकारले यसबारे जानकारी दिने व्यक्तिलाई एक लाख अष्ट्रेलियन डलर अर्थात् ८४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

क्विन्सल्याण्डकी नेता एनास्टेसिया पालास्जेकुक भन्छिन्, ‘दिमाग ठिक भएका कुनै व्यक्तिले यस्तो व्यवहार गरेर बच्चा, युवा, वृद्धको ज्यान किन खतरामा पारिरहेको छ ?’

सरकारले यो खबर पुष्टि भएपछि मानिसहरुलाई स्ट्रबेरी काटेर खान निर्देशन दिएको छ ।

गत बिहिबार स्ट्रबेरी उत्पादकले यसलाई कुनै असन्तुष्ट कर्मचारीको व्यवहार बताएको थियो । यद्यपी, पुलिसका अनुसार यति चाँडै ठोस् निर्णयमा पुग्नु गलत हुनेछ ।

उत्पादकका अनुसार यो घटनाका कारण स्ट्रबेरीको मूल्यमा भारी गिरावट आएको छ जसका कारण एक सय ३० मिलियन डलरको यो उद्योग प्रभावित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप