बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अभावले पश्चिम नवलपरासीमा दुई दर्जन खानेपानी आयोजना अलपत्र

मङ्गलबार, ०२ असोज २०७५, ११ : २७
मङ्गलबार, ०२ असोज २०७५

परासी– पश्चिम नवलपरासीमा बजेट अभावले दुई दर्जन खानेपानी आयोजना अलपत्र परेका छन् । जिल्लामा निर्माणाधिन २४ वटा ठुला खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेका हुन् ।

३ देखि ५ बर्षसम्मको म्याद राखेर निर्माण सुरु भएका ५ देखि २० करोड रुपैयाँ सम्मका खानेपानी आयोजनाहरु पर्याप्त बजेट नभएपछि सम्पन्न हुन नसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख पुर्ण बहादुर ज्वारचनले जनाए ।

‘समयमै आयोजनाहरु सम्पन्न गर्न बजेट चाहिन्छ । तर बजेट आउदैन । कम बजेट आउने र आएको बजेट पनि जिल्लाका अन्य निर्माणाधिन खानेपानी आयोजनाहरुलाई भागबण्डा गर्नुपर्ने भएकाले ठुला आयोजनाहरु समयमै सम्पन्न गर्न सकिएको छैन’ ज्वारचनले गुनासो गरे ।

उनका अनुसार अधिकांश आयोजनाको ओभरहेड पानी ट्याङकी निर्माण भई बोरिङ्गहरु समेत हालिसकेको भएपनि पाईप राख्ने बजेटको अभाव छ । 

डिभिजन कार्यालय अन्तरगत पश्चिमी नवलपरासीमा अहिले करिब ३० वटा ठुला–साना खानेपानी योजना छन् । एकातिर कार्यालय खारेज भईसकेको र नयाँ व्यवस्था नभएको अवस्थामा ति आयोजनाको भविष्य पनि अन्यौलमा परेको कार्यालयले जनाएको छ । 

जिल्लामा रहेका केहि आयोजनाहरु निर्माण कार्य सम्पन्न भई धारा जोडने काममात्रै बाँकी रहेका छन् भने अधिकांश आयोजनाहरु निर्माणको क्रममा रहेको कार्यालयले जनाएको छ ।

जिल्लाका सबै आयोजनाहरु सम्पन्न गर्न अझै ३ अर्ब रुपैयाँ भन्दा बढि बजेट आवश्यक रहेको डिभिजन कार्यालयले जनाएको छ । यसबर्ष बजेटको प्राप्ती र कार्यालयको सुनिश्चिता भए गुठीप्रसौनी खानेपानी आयोजना, लोकेश्वर खानेपानी आयोजना, रामनगर खानेपानी आयोजना, बैरिहवा खानेपानी आयोजना, बाँसा खानेपानी आयोजना र बेलासपुर खानेपानी आयोजनाबाट यो बर्ष नै धारामा पानी आपुर्ति गर्न सकिने कार्यालयले जनाएको छ ।

त्यस्तै ओभरहेड निर्माणाधिन रहेको सुकौली खानेपानी आयोजना, पाथभैया खानेपानी आयोजना, कुडिया खानेपानी आयोजना, कर्मैया खानेपानी आयोजना, घनश्यामपुर खानेपानी आयोजना र बडहरादुबौलिया खानेपानी आयोजनालाई पनि यसैबर्ष सकेर पानी सप्लाई गर्न सक्ने अवस्था रहेको डिभिजन इन्जिनियर प्रदिप रेग्मीले बताए ।

जिल्लामा निर्माधिन अवस्थामा सनई खानेपानी आयोजना, भुजहवा खानेपानी आयोजना, गुठीसुर्यपुरा खानेपानी आयोजना, देवगाव खानोपनी आयोजना, नर्सही खानेपानी आयोजना र पकलिहवा खानेपानी आयोजना रहेका छन् ।

बजेटकै अभावले जिल्लामा एउटा आयोजना सम्पन्न गर्न ६ बर्षदेखि १२ बर्षसम्म लाग्ने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप