बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसमा नेपाली फेसन शो

मङ्गलबार, ०२ असोज २०७५, १० : ५९
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं – चलचित्र निर्माता समेत रहेकी नेपाली फेशन डिजाइनर पुनम क्षेत्री गौतमले आफ्ना आकर्षक फेसनमा डिजाइनहरु फ्रान्सको पेरिसमा प्रदर्शन गरेकी छन् । 

गत सेप्टेम्बर १२ मा उनले ‘क्याटवक पेरिस रिभ्योलुसन’ नामक इभेन्टमा अन्तर्राष्ट्रिय मोडल मार्फत आफ्ना डिजाइनका १२ पहिरन प्रदर्शन गरेकी हुन् । 

नेपालको प्रतिनिधित्व गर्दै पेरिस पुगेकी पुनमले विभिन्न देशबाट आएका मोडलको सहयोगमा आफ्ना डिजाइन र्याम्पमा पस्किएकी थिइन् । 

एसएम ग्लोबलले आयोजना गरेको कार्यक्रममा पुनमले वेस्टन डिजाइनमा फ्युजन गराई तयार पारेको लालीगुराँसको रंग मिश्रित साडी विशेष आकर्षण बन्यो । 

उनले बिकिनी पहिरनलाई चोलीसँग फ्युजन गराएकी थिइन् । बेलायतको लण्डन र अमेरिकाको न्यूर्योकमा आफ्नो डिजाइनका पहिरनको प्रदर्शन गरिसकेकी पुनमले पेरिसको कार्यक्रम विशेष रहेको बताइन् ।

उनले भनिन् ‘कार्यक्रम सञ्चालकले पटक–पटक ‘नेपाल’ शब्द उच्चारण गर्दा मन नै प्रफूल्ल भयो ।’ पुनमले नेपाललाई फेशनको देश भनेर चिनाउन पेरिसको शो विशेष महत्व रहेको सुनाइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप