शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित तीन पक्राउ

मङ्गलबार, ०२ असोज २०७५, १० : ५७
मङ्गलबार, ०२ असोज २०७५

तनहुँ–प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका २० वर्षीय अनिल तामाङ रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

तीनै जनालाई व्याँस नगरपालिका–१२ घाँसीकुवामा लागूऔषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । 

प्रहरीले उनीहरुको साथबाट डाइजेपाम १०० थान, नुफिन १०० थान र फेनरागन १०० थान बरामद गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप