बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं. ५ बुटवलमा रातोपाटीको प्रदेश कार्यालय शुरु

मङ्गलबार, ०२ असोज २०७५, १० : ०८
मङ्गलबार, ०२ असोज २०७५

बुटवल । संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा स्थापना गरिएको छ । प्रदेश नम्बर  ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार बिहान उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले राजनैतिक रुपमा परिवर्तन जति सजिलो हुन्छ, सामााजिक परिवर्तन त्यति सजिलो नभएको बताए । 

‘संघीयता कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइसकेको छैन,’ उनले भने ।

मुख्यमन्त्री पोख्रेलले कामका आधारमा आलोचना नभएको पनि गुनासो गरे । ‘संघीयता महंगो भयो भन्ने आरोप पनि आएको छ,’ उनले भने, ‘अढाई सय वर्षसम्मको इतिहासले किन समृद्धि  आएन खोज्न सकेनौँ । तर, छ  महिनामै संघीयताप्रति नकारात्मक टिप्पणी आयो । अहिले संघीयताको सफलता र असफलता भनेर मूल्याकंन गर्ने समय भइसकेको छैन ।’

उनले काम गर्न दिए अहिलेको सरकारले नेपालको आर्थिक बृद्धि दर दोहोरो अंकमा पुर्याएर देखाउने दाबी गरे । 

फरक प्रसंगमा पोख्रेलले समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने बताए । ‘गल्ती, हेलचेक्रयाईबाट हुने  घटनालाई राज्यलाई जोडियो । परिवार र समाज पनि सचेत हुनुपर्छ,’ उनको भनाई थियो ।

त्यस्तै एउटा तहले गरेको करको बिषयलाई सबै स्थानीय तहमा जोडेर लेखिनु गलत भएको पनि बताए । मुख्यमन्त्री पोख्रेलले पुरानो मानसिकताबाट अविश्वास बढाउन र भ्रम सिर्जना गर्नमा लागेको आरोपसमेत लगाए । ‘अस्थिरता बढाउन चाहनेका गोटी बन्यौँ,’ उनले भने । योजना बनाएर काम गर्ने हो भने प्रदेशलाई छिटै नै समृद्ध बनाउन सकिने दाबी गरे । 

उनले प्रदेशको पत्रकारिताले राष्ट्रलाई दिशानिर्देश गर्छ भन्ने हिम्मतका साथ काम गर्नु सुझाव पनि दिए । 

त्यस्तै, प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कार्यालय स्थापना हुँदा प्रदेशको सूचना केन्द्रसम्म पुर्याउने कुरामा योगदान गर्ने बताए । 

नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले प्रदेशको समृद्धि यात्रामा रातोपाटीबाट सहयोगको अपेक्षा रहेको बताए । यद्यपि, उनले व्यक्तिपिच्छे र गैरपत्रकारबाट अनलाईन चलाउने क्रमलाई रोकिनुपर्ने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले देशको बदलिदो अवस्था अनुसार पत्रकारिता गर्न र जनताको पक्षमा रहेर कलम चलाउन अनुरोध गर्दै प्रदेशका उद्योगीको समस्याले स्थान पाउने अपेक्षा गरे ।  
कार्यक्रममा रातोपाटीका संस्थापक ओम शर्माले  पत्रकारिता नयाँ ढगले बिकास गर्न अनुरोध गरे । त्यस्तै  प्रवन्ध निर्देशक अर्जुन पन्तले व्यवस्था परिवर्तनसँगै पत्रकारिता पनि संक्रमणबाट गुज्रिएकोले अब बिस्तारै प्रेस जगत पनि सुधार हुने विश्वास व्यत गरे ।  

कार्यक्रम प्रदेश संयोजक तेजेन्द्र केसीले सञ्चालन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप