शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चा गोविन्दाको, आकर्षण टिनाको

मङ्गलबार, ०२ असोज २०७५, ०९ : २६
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं – बलिउड चलचित्र नगरीबाट जो कलाकार नेपाल आएपनि सबैको आकर्षणको केन्द्र बन्ने गरेका छन् । यस्तै आकर्षणको केन्द्र बलिउड अभिनेता गोविन्दा पनि बनेका थिए । उनी मात्र कहाँ हो र उनको साथमा आएकी उनकी छोरी टिना पनि मिडिया तथा फिल्मकर्मीका लागि आकर्षणको केन्द्र बनिन् ।

शनिबार बुबा गोविन्दाको साथमा नेपाल भ्रमणमा आएकी टिना आइतबार राजधानीमा आयोजित तेस्रो सिनेसर्कल अवार्डमा समेत सहभागी भइन् । कालो कलरको गाउनमा सजिएकी टिना कार्यक्रममा मिडियाका लागि मात्र होइन । फिल्मकर्मी तथा आयोजकका लागि समेत आकर्षणको केन्द्र बनिन् ।

निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको कार्यक्रममा उनी कार्यक्रम सुरु नहँुदै आएकी थिइन् । सभागृहको स्टेजसँगैको बायाँ पट्टीको ढोकाबाट कार्यक्रमस्थल प्रवेश गरेकी उनी सुरुदेखि अन्तिमसम्म मिडियाको क्यामेरामा कैद भइन् ।

टिना बलिउड अभिनेत्री त होइनन् । तर अभिनेता गोविन्दाको छोरी भएका कारणले सबैको आकर्षक केन्द्र बन्न सफल भइन् । कार्यक्रममा केही अवार्ड समेत वितरण गरेकी टिनातिर सबैको नजर अड्किएको थियो । 

उनी अवार्ड वितरणका लागि स्टेज पुग्दा दर्शक दीर्घमा रहेर अवार्ड नियालीरहेका नेपालका धेरै फिल्मकर्मीले बलिउडकी अभिनेत्री रविना टण्डनसँग पनि तुलना गरे । केही निर्माता निर्देशकले भने उनलाई नेपाली फिल्म खेलाउन पाए आफ्नो र चलचित्र दुबैको चर्चा हुने तर्क राखेका थिए । केही फिल्मकर्मीले भने सँगै मिडियाको क्यामरामा कैद हुन उनी बसेको सिटको पछाडी सिटमा बस्न तछाड मछाड समेत गरे ।

कार्यक्रममा सहभागी अधिकांश फिल्मकर्मीको नजर अवार्डमा भन्दा पनि टिना र गोबिन्दामा अड्किएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप