शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका क्यान्सरमुक्त भएपछि विवाहको ६ वर्षपछि जुम्ल्याहा छोरीकी आमा बनिन्

मङ्गलबार, ०२ असोज २०७५, ०९ : १३
मङ्गलबार, ०२ असोज २०७५

भारतीय मोडल र बलिउड नायिका लिजा रे सरोगेसीमार्फत दुई छोरीकी आमा बनेकी छिन् । उनका दुई छोरीहरु सुफी  सोलियलको जन्म जर्जियामा भएको हो ।

लिजाले छोरीहरुको जन्मपछि आफ्नो जीवन निकै परिवतर्न भएको बताएकी छिन् । उनले एक भारतीय मिडियासँग भनेकी छिन्, ‘मेरो जीवन अत्यधिक भावनाले भरिएको छ जसलाई म शब्दमा बयान गर्न सक्दिनँ । मैले एकैपटक विभिन्न कुराहरुको म्यानेज गर्नु परिरहेको छ । तर यतिबेला मेरो जीवनमा आएको यो परिवर्तन र प्रेमको भरपुर मजा लिइरहेकी छु । म आफ्ना दुई छोरीलाई आफ्नो घर मुम्बईमा चाँडै नै ल्याउन चाहन्छु ।’

साढे तीन महिनाका भए लिजाका छोरीहरुः

रिपोर्टलाई विश्वास गर्ने हो भने लिजाका दुई छोरीको जन्म जून महिनामा भएको थियो । लिजालाई सन् २००९ मा रगतको क्यान्सर भएको थियो । यद्यपी, सन् २०१० मा उनले आफू पूर्ण रुपमा क्यान्सर मुक्त भएको जानकारी दिएकी थिइन् ।

क्यान्सरका कारण लिजा गर्भवती हुन सकिनन् । यसबारे उनले भनिन्, ‘नयाँ प्रविधीले मेरो आशा जिउँदो राख्यो र म आमा बन्न सफल भएँ । मेरो भाग्य वास्तवमा नै निकै राम्रो छ ।’

के हो सरोगेसी ?

सरोगेसी आफूले बच्चा जन्माउन असमर्थ भएपछि कुनै जोडीले एक महिलासँग गर्ने सम्झौता हो । जसमा महिलाले उक्त जोडीको शुक्रकिट र डिम्बलाई आफ्नो पाठेघरमा राखेर उनीहरुको बच्चालाई जन्म दिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप