शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खुसी हुन त्यति गाह्रो छैन, यस्ता सात कुरा जसले सिकाउनेछ बाँच्ने तरिका

मङ्गलबार, ०२ असोज २०७५, ०८ : ४३
मङ्गलबार, ०२ असोज २०७५

जीवनको जुनसुकै मोडमा, कुनै पनि अवस्थामा आफूलाई बलियो राख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै खुसी हुनु हो । तर हरेक सम्बन्धलाई निभाउँदा वा जिम्मेवारी उठाउँदा हामी थुप्रै पटक आफूलाई नै उपेक्षा गर्न थाल्छौं । जसका कारण जीवन निरश र दुःखी लाग्न सक्छ । खुसी हुनु यसकारण पनि आवश्यक छ किनभने यसले निकै जटिल समास्याको समाधान पनि निकै सजिलै दिन्छ ।

भारतका मनोवैज्ञानिक नूरजहाँ खानले खुसी हुने तरिकाबारे सात जानकारी दिएका छन् ।

१. आफूलाई चिन्नुहोस्ः

हरेक व्यक्ति आफैंमा अद्वीतीय हुन्छ । तपाईं पनि हुुनुहुन्छ । अरु कसैसँग आफ्नो तुलना नगरिकनै आफ्नो विशेष गुणको पहिचान गर्ने प्रयास गर्नुहोस् । आफ्नो व्यक्तित्वप्रति कौतुहल र रुची जगाउनुहोस् । आफूबारे जान्न र बुझ्न कोसिस गर्नुहोस् ।

२. प्राथमिकता आवश्यकः

हामी ती कुरालाई बढि महत्व दिइरहेका हुनसक्छौं जसले सायद हामीलाई वास्तविक खुसी दिइरहेका छैनन् । त्यसकारण आफ्नो प्राथमिकता के हो त्यो बुझ्नुहोस् । अन्य सम्बन्धका लागि थोरै लचिलो र उदार हुनु राम्रो कुरा हो तर तपाईंको आफ्नो जीवनलाई के ले अर्थपूर्ण र समृद्ध बनाउँछ त्यो कुरा जान्ने प्रयास गर्नु सबैभन्दा महत्वपूर्ण हो ।

३. उपलब्धिको उत्सव मनाउनुहोस्ः

जब अन्य व्यक्तिले सफलता पाउँछन् तब हामी उनीहरुलाई प्रशंसा गर्न चुक्दैनौं तर आफ्नो सफलतालाई भने नजरअन्दाज गरिदिन्छौं । आफ्नो हरेक सानो– ठूलो सफलतालाई पूरा मनले स्विकार गर्नुहोस् र लगातार त्यसको उत्सव मनाइरहनुहोस् । सफलता पाउन कति मेहनत गर्नुपर्यो भन्नेबारे नसोच्नुहोस् । यसो गर्दा तपाईंले आफूलाई खुसी राख्नुका साथै र थप चुनौतीका लागि स्वयंलाई प्रेरितसमेत गर्नुहुनेछ ।

४. स्वास्थ्यलाई ध्यानमा राख्नुहोस्ः

एक अस्वस्थ शरिरमा खुसी हुनु निकै कठिन कुरा हो । यदि तपाईंले आफूलाई शरिरिक र मानसिक तरिकाले निरोगी राख्नुहुन्छ र सन्तुलित एवं स्वस्थ दिनचर्या अपनाउनुहुन्छ भने तपाईंको शरिरले पनि तपाईंलाई धन्यवाद भन्नेछ । शरिर यदि फिट छ भने तपाईं आफूप्रति सन्तुष्ट हुनसक्नु हुन्छ । तपाईं आराम पनि गर्नुहोस् र काम पनि ।

५. आफ्ना शौखलाई जिउँदो राख्नुहोस्ः

धेरैजसो आवस्थामा हामी आफूलाई निकै व्यस्तताले घेर्ने गर्छौं र आफूलाई खुसी राख्ने शौखलाई ध्यान दिँदैनौं । आफ्नो रुचीको एउटा सूची बनाउनुहोस् । भ्रमण होस् वा नृत्य, गायन होस् वा घरको साजसज्जा, नृत्य होस् अथवा कुनै घर पालुवा जनावरसँग समय बिताउनु, तपाईंले आफ्नो रुचीका लागि समय निकाल्नैपर्छ ।

६. आफैंलाई चुनौती दिनुहोस्ः

कहिलेकाँही आफूले बनाएको दिनचर्याबाट समय निकालेर केही नयाँ गर्दा जीवनमा नविनता र ताजापन ल्याउन सहयोगी हुन्छ । यस्तो गर्नुहोस् जुन तपाईंले पहिले कहिले गर्नुभएको थिएन अथवा दैनिकको कामलाई पनि केही नयाँ ढङ्गले गर्नुहोस् । नयाँ भाषा सिक्नुहोस्, नयाँ खेल खेल्नुहोस्, नयाँ मानिसहरुसँग भेट्नुहोस्, केही नयाँ प्रयोग गर्नुहोस्, नयाँ विषय पढ्नुहोस् ।

७. आफ्नै साथी बन्नुहोस्ः

यदि तपाईं आफ्नै साथी बन्नुभयो भने आफूलाई खुसी पाउनुहुन्छ । जस्तै हामी आफ्ना साथीको गल्तीलाई माफ गर्छौं, उनीहरु प्रति सहृदय हुन्छौं, त्यसरी नै हामी आफ्नो लागि पनि सहृदय र उदार हुनसक्छौं । यसो गर्दा कठिन समयमा पनि एक्लो र अधुरो महसुस गर्नेछैनौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप