बर्दिबासमा लागू औषध सहित तीन जना पक्राउ
सोमबार राति महोत्तरीको बर्दिबासबाट लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षीय दिपक मगर, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका १९ बर्षीय सन्दिप राणा र सोही ठेगानाका २० बर्षीय सरोज तोलाङ्गे रहेका छन् ।
महोत्तरीको गौशलाबाट बर्दिबास तर्फ आउँदै गरेको सार्वजनिक यातायातको म्याजिकमा चढेका उनीहरुलाई बर्दिबास —४ माइस्थान चोकमा चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्रोसन १० पत्ता ८० पिस, नाइट्रोभेट १० पत्ता ५० पिस, प्रोक्सिभन स्पास्मो २० पिस लिनोभो मोबाइल १ थान सहित पक्राउ गरेको बर्दिबास प्रहरीका प्रहरी निरीक्षक राजु कुर्मीले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ पर्ने तीन जना मध्ये दिपक लागुऔषध ओसारपोरको सहयोगी र सेवन कर्ता रहेको र सरोज लागु औषध खरिदकर्ता रहेको प्रहरीले जनाएको छ । दीपकले सन्दिपलाई लागूऔषध खरिद गर्न ४ हजार रुपैयाँ नगद दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
-निकेश खनाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण