बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीपहिरो पीडितलाई सहयोग

मङ्गलबार, ०२ असोज २०७५, ०८ : २०
मङ्गलबार, ०२ असोज २०७५

बेँशीशहर — मस्र्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् । 

मस्र्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । बाढीपहिरोबाट मस्र्याङ्दी गाउँपालिकाका १९ परिवार विस्थापित भएका छन् । 

यहाँको ५० घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी चार जनाको मृत्यु भएको थियो । एक जना अझै छन् भने ११ जना घाइते भएका थिए ।

गाउँपालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकले पीडितलाई एक दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन् । हाल उक्त गाउँपालिकामा सामुदायिक र संस्थागतमा गरी झण्डै ४०० शिक्षक कार्यरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप