शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुटर ठोक्किँदा एक युवतीको मृत्यु

मङ्गलबार, ०२ असोज २०७५, ०७ : ३६
मङ्गलबार, ०२ असोज २०७५

नवलपरासी - पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । 

गौँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । 

बेपत्ता मृत फेला 

गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् । उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप