गायक बिसी राईको ‘निर्मम यादहरु’ सार्वजनिक
बेलायत — गायक बिसी राईको छैठौं गीति एल्वम ‘निर्मम यादहरु’ सार्वजनिक भएको छ । एल्बममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको एकल शब्द रहेको छ । ‘मेरा सारा सपनाहारु’, ‘विस्तारै–विस्तारै’ लगायत एल्वममा ७ वटा गजल गीत समावेश रहेका छन् ।
सबै गीतमा स्वर, संगीत संयोजन राईको एकल रहेको छ भने अधिकांश गीत बेलायत र केही गीत नेपालमा रेकर्ड गरिएको थियो । बेलायतको सेन्ट साइमन चर्चको हलमा एक समारोहको आयोजना गरी एल्वम सार्वजनिक गरिएको हो । शनिबार सार्वजनिक गरिएको एल्वमलाई कार्यक्रमका प्रमुख अतिथि गायिका मीरा राणालगायतले सार्वजनिक गरेका थिए ।
कार्यक्रमको सभाध्यक्ष सगरमाथा नेप्लिज–गोरखा कम्युनिटी आस्फोडका अध्यक्ष चक्र साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायकका आमा–बुवा, कर्णेल कुमारबाबु थापा, दुवसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान नेपालका अध्यक्ष पुनम राज्यलक्ष्मी देवी सुवेदी, किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राई, गायक तथा संगीतकार गंगाराज राई, गीतकार इश्वर चाम्लिङ, जानुका राई, गीतकार जानु काम्बाङ लिम्बु, किरण राई, भूमिराज राईलगायतको उपस्थिति रहेको थियो । एल्वममाथि वरिष्ठ संचारकर्मी खगेन्द्र नेपालीले समिक्षात्मक मन्तव्य राखेका थिए ।
एल्वममा रहेका सबै गीतहरु सुमधुर रहेको र प्रवासमा रहेका नेपालीहरुले आफ्नो गीत–संगीत उद्योगलाई माया गर्नु चानचुने कुरा नभएको नेपालीले बताए । कार्यक्रममा उनलाई दुवसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान नेपालले ‘दुवसु वाङमय सम्मान–२०७५’ द्वारा नेपाली एक लाख नगदका साथ ताम्रपत्रद्वारा सम्मान गरेको थियो ।
उनलाई नेपाली गीत, संगीतप्रति योग्दान गरेबापत सम्मान गरिएको हो । उक्त सम्मान प्रतिष्ठानका अध्यक्षले प्रदान गरेका थिए । कार्यक्रमलाई नवराज राईले संचालन गरेका थिए । भोजपुरमा जन्मिएका बिसी राईको यसअघि ‘बैनी त्यसो नभन’लगायतका गीत चर्चित रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण