तीन बर्षदेखि विद्यालयमा गयो कि एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्ने विरामी !
विद्यार्थी विरामी हुने समस्याले गौमुखी गाउँपालिका ठ, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ ।
तीन बर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् ।
पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो गत असार ५ देखि ४६ छात्रछात्रामा प्रत्येक दिन यस्तै समस्या दोहोरिरहेको विद्यालयले जनाएको छ ।
दैनिक दुई तिन घण्टा विद्यार्थी कक्षाकोठामा बस्नै सक्दैनन् । शिक्षकलाई सम्झाउन मुस्किल हुन्छ ।
प्रधानाध्यापक रामचन्द्र गिरीले कक्षा २ देखि ७ सम्मका अधिकांश छात्रामा यस्तो समस्या देखापरेको बताए ।
नेपालगन्ज मेडिकल कलेज र जिल्ला जनस्वास्थ्यबाट आएको चिकित्स टोलीले उपचार गर्दासमेत निको भएन ।
समस्या चर्कँदै गएपछि विद्यालयमा बोकाको बलि दिएर धामीझाँक्री बसाउँदा पनि समस्या नहटेको गिरिले बताए ।
कक्षाकोठामा विद्यार्थी रुन थालेको ३ बर्ष भयो, गिरिले भने स्वास्थ्यकर्मीले जाँच गरे । तर, निको भएन ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु
-
बुधबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण