शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोरमभित्र 'कालो दिवस' विवाद

मङ्गलबार, ०२ असोज २०७५, ०७ : २५
मङ्गलबार, ०२ असोज २०७५

काठमाडौं - संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् । आजको राजधानीमा समाचार छापिएको छ । केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुसियाली मनाउने तयारी गरिरहेका बेला प्रदेश २ सरकार र संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीले ३ असोजलाई कालो दिवसका रूपमा मनाउन लागेका हुन् । 

फोरममा विवाद

फोरम नेपाल तराई मधेस प्रदेश कमिटीले ३ असोजलाई कालो दिवसकै रूपमा मनाउने निर्णय सार्वजनिक गर्दा केन्द्रीय कमिटीले भने विरोधका कार्यक्रम नभएको दाबी गरेको छ । सरकारमा सहभागी भएको फोरममा संविधान दिवसलाई मनाउने कि कालो दिवस मान्ने भन्ने विवाद चुलिएको छ ।

फोरम नेपाल केन्द्रीय कमिटीकी उपाध्यक्ष एवं तराई मधेस प्रदेश कमिटीकी अध्यक्ष रेणु यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरिन् । तर, सोमबार फोरम नेपालका उपमहासचिव एवं केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीका तर्फबाट ३ असोजका लागि कुनै विरोधका कार्यक्रम नभएको जनाएका छन् ।

दुई नेताले जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिले फोरम नेपालमा तीव्र असन्तुष्टि बढेको छ । तर, यादवले पार्टीको आधिकारिक निर्णयबाटै विरोधका कार्यक्रम भइरहेकाले स्थगित नभई भव्य रूपमा मनाउने तयारी भइरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप