बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ०२ असोज २०७५, ०६ : १६
मङ्गलबार, ०२ असोज २०७५

आजको राशिफल

वि.सं.२०७५ साल असोज ०२ गते । मंगलबार । ईश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । उत्तरायणं । शरद ऋतु । श्रीशाके १९४० । भाद्र शुक्ल पक्ष । तिथि नवमी,३८ घडी ०२ पला,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त दशमी । नक्षत्र मूल,१० घडी ३० पला,बिहान १० बजेर ०२ मिनेट उप्रान्त पूवाषाडा । योग सौभाग्य ५३ घडि ५६ पला । 

 

करण वालव,बिहान ०८ बजेर १३ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा छत्र योग । चन्द्रराशि धनु । अदुस्ख नवमी व्रत।

काठमाडौंमा सूर्योदय ५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ६ बजेर ०४ मिनेट । दिनमान ३० घडी ३३ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कार्य आरभ्भ गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुँनाले शरिरका थप उर्जा पैदा हुँनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको बिकास हुँनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुँनाले मन  शान्त रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईनेछ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाईने योग रहेकोछ ।

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानि गरि आर्थिक स्थिति उकास्न सकिनेछ । कुनै पनि क्षेत्रमा आउँने प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुँने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पढाईमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि फेला पार्न सकिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउँन सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपाईको साख गिराउँन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुँन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउँने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा छिमेकिसँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफुतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले आर्थिक व्याबस्थापन सुदृड हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।  

 

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बुवा बाजेको धन सम्पति परिचालन गरि आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्ष्ता बढेर जाने योग रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नया शैलि प्रयोग गरेर गरिने व्यापार व्यावसाय अथवा कुनै कामहरुबाट मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुनका लागी थालीएका कामहरु स्वत स्फुर्त तथा सिष्टममा जाने हुनाले मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । पैत्रिक धन सम्पतिको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।

 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप