पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने
सोमबार, ०१ असोज २०७५, २२ : ५०
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो ।
मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।
यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले नेपालमा पनि बढेको निगमको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण