शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब एक लिटर पेट्रोलको रु ११४ पर्ने

सोमबार, ०१ असोज २०७५, २२ : ५०
सोमबार, ०१ असोज २०७५

काठमाडौं– नेपाल आयल निगमले   पेट्रोलियम पदार्थको भाउ बढाएको छ  । सोमबार रातीदेखि लागू हुनेगरी निगमले  पेट्रोलमा प्रतिलिटर  रु  २ र डिजेल तथा मट्टीतेलमा रु ३–३ का दरले मूल्यवृद्धि गरेको हो । 

 मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने  डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । 
खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ । 
यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले नेपालमा पनि बढेको निगमको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप